एमाले स्थायी कमिटी बैठक स्थगित, फेरि भोलि बस्ने « Khabarhub

एमाले स्थायी कमिटी बैठक स्थगित, फेरि भोलि बस्ने


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । स्थायी कमिटीको बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बसेको थियो ।

पार्टी एकता जोगाउन गठित कार्यदलले तयार पारेको सहमतिको मस्यौदामा हस्ताक्षर हुन नसकेपछि बैठक सोमबारसम्मलाई स्थगित भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एकताका लागि थप पहलकदमी लिन बैठक स्थगित गरिएको उनले बताए । उनले भने, ‘हिजो कार्यदलले सहमति पत्र बनाएर फाइनल गरेको थियो । आज हस्ताक्षर गर्ने भनिएको थियो । तर माधवकुमार नेपालका कारण के समस्या आयो हामीले बुझेका छैनौँ । हस्ताक्षर गरेर तयार पारेको डकुमेन्टलाई अनुमोदन गर्न बैठक डाकिएको थियो तर अनुमोदन भएर आउने अवस्था रहेन त्यसैले भोलिका बेलुका बस्नेगरी बैठक स्थगित भएको हो ।’

तामाङले हिजो निकालिएको निष्कर्षमा अलिकति समस्या देखिएको समेत जानकारी दिए । उनले विवाद समाधानका लागि केही समय पर्खनुपर्ने भएका कारण बैठक स्थगित भएको जानकारी दिए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीका सबै सदस्यलाई बैठकमा बोलाएका थिए । यद्यपि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने बैठकमा नजाने जनाएको थियो । यसअघि सम्झौतामा हस्ताक्षर भए लगत्तै नेपाल पक्षसहितको स्थायी कमिटी बैठक बस्ने तय भएको थियो ।

अब सर्वोच्च अदालतको फैसला लगत्तै स्थायी कमिटी बैठक बस्ने र त्यसको भोलिपल्ट केन्द्रीय कमिटी बैठक बसेर पार्टी अघि बढ्ने तामाङले बताए । साथै वार्ता कार्यदलको सम्झौताको औचित्य पनि लगभग सकिएको उनको भनाइ छ ।

सर्वोच्च अदालतमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै विपक्षी गठबन्धनले दायर गरेको रिटमा एमालेका नेपाल पक्ष‍का २३ सांसदले हस्ताक्षर गरेका थिए । अध्यक्ष ओलीले एकता जोगाउन भन्दै २३ सांसदले हस्ताक्षर फिर्ता लिनु पर्ने अडान लिएका थिए ।

एमालेका २३ सांसदले गरेको समर्थन फिर्ता आजसम्म नभएकाले ओली पक्ष अब नयाँ ढंगले अघि बढ्ने भएको छ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ७ : २४ बजे

नारायणी अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन

वीरगञ्ज– नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति

धर्मेन्द्र प्रधानको राजीनामापछि प्रह्लाद जोशी बने भारतका नयाँ शिक्षा मन्त्री

नयाँदिल्ली- धर्मेन्द्र प्रधानको राजीनामापछि भारतले नयाँ शिक्षा मन्त्री पाएको छ।

सरकारी टोली र डाक्टर केसीका प्रतिनिधिबीच वार्ता शुरु 

धनगढी– बिहीबारदेखि अनशनमा बसेका डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता

‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति : इरान

तेहरान- इरानले रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापन तथा त्यहाँबाट पानीजहाजको

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आयोजित ‘राजधानी मार्च’ (तस्बिरहरू)

काठमाडौं– लघुवित्त तथा वित्तीय शोषण पीडित किसान-मजदुरले काठमाडौंमा ‘राजधानी मार्च’ गरेका