माओवादी नेतृ भुसालद्वारा मातापिताको नाममा छात्रवृत्ति कोष स्थापना « Khabarhub

माओवादी नेतृ भुसालद्वारा मातापिताको नाममा छात्रवृत्ति कोष स्थापना


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) स्थायी समिति सदस्य पम्फा भुसालले ‘इन्द्र–गोविन्द स्मृति’ कोष स्थापना गर्ने घोषणा गरेकी छन् । आफ्नी माता इन्द्रकला र पिता गोविन्दको स्मरणमा सो कोष स्थापना गरेर ललितपुरस्थित महेन्द्र आदर्श माध्यमिक विद्यालयमा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीलाई कोषबाट छात्रवृत्ति प्रदान गरिने व्यवस्था मिलाइएको उनले बताइन् ।

नेत्री भुसालकी माता इन्द्रकलाको स्वर्गारोहणको सातौँ दिन आज आफ्नै निवास ललितपुरमा भएको श्रद्धाञ्जलीसभामा उनले आमाबाको सम्झनामा अक्षयकोष स्थापना भएको जानकारी दिइन् । यसअघि दिवङ्गत बुबाको नाममा भुसाल परिवारले १३ वर्षअघि अर्घाखाँचीको जनता माविमा पनि यस्तै सहयोगी कोष स्थापना गरी सञ्चालनमा ल्याएको थियो ।

श्रद्धाञ्जली कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माता इन्द्रकलाको स्मरण गर्दै राजनीतिक उत्प्रेरक व्यक्तित्वका रूपमा सम्झँदै भने, “दृढ इच्छा शक्तिकी धनी आमा स्वतन्त्रता पक्षपाती हुनुहुन्थ्यो ।” अध्यक्ष प्रचण्डले मृत्यु हुँदा दुःखी हुने र जन्मदा खुशी हुने मानवीय स्वाभाव भएको उल्लेख गर्दै कम्युनिष्टहरूले जेष्ठ नागरिकलाई सम्मान र सुरक्षा दिने बताए ।

नेत्री भुसालले सामन्ती पितृसत्तामा जन्मेर आफ्नी आमाले सामाजिक तथा राजनीतिक दुःख भोग्नुभएको तर आफूहरूलाई राजनीति र विद्रोहमा नलाग भनेर कहिल्यै नभनेको उल्लेख गर्दै आमा राजनीतिक, भौतिक, आर्थिक एवं मनोवैज्ञनिक आफ्नो प्रेरणाको स्रोत भएको बताइन् ।

कार्यक्रममा माओवादी केन्द्रका नेता पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरू कृष्णबहादुर महरा, देव गुरुङ, वर्षमान पुनलगायतले स्वगीय इन्द्रकलाप्रति श्रद्धाञ्जलि अर्पण गरे ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ८ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै