निरन्तर उकालो लागेको खाने तेलको भाउ घट्न थाल्यो « Khabarhub

निरन्तर उकालो लागेको खाने तेलको भाउ घट्न थाल्यो


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निरन्तर उकालो लागेको खाने तेलको मूल्य घट्न थालेको छ । तेल उत्पादनका लागि आयात गरिने कच्चा पदार्थको अन्तर्राष्ट्रिय मूल्य घटेपछि खाने तेलको मूल्य घट्न थालेको उद्योगीहरुले बताएका छन् ।

आठ महिनादेखि निरन्तर उकालो लागेको खाने तेलको भाउ पछिल्लो समय घट्दै गएको छ ।

पछिल्लो दुई सातामा भटमास र सूर्यमूखी तेलको बजार मूल्य प्रतिलिटर २० देखि ४० रुपैयाँसम्म सस्तो भएको छ ।

सूर्यमुखी र भटमासको तेलको कच्चा पदार्थ एक मेट्रिक टनमा तीन सय डलरसम्मले सस्तो हुँदा तेलको खुद्रा मूल्य घटेको उद्योगी कुमुद दूगडले बताए ।

नेपालमा भारत, ब्राजिल, अर्जेन्टिनालगायतका देशबाट खानेतेल उत्पादनका लागि कच्चा पदार्थ ल्याइन्छ ।

नेपाल खुद्रा ब्यापार संघका अनुसार यस अघि प्रतिलिटर २६५ देखि २७० रुपैयाँ रहेको सूर्यमुखी प्रशोधित तेलको मूल्य २३५ देखि २४० मा झरेको छ । सूर्यमुखी तेल प्रतिलिटर २३५ रुपैयाँसम्म बिक्री गर्न सकिने मूल्य होलसेलबाट आएको संघका कार्यकारणी सदस्य ध्रुव अधिकारीले बताए । यस्तै २५५ देखि ६० रुपैयाँमा बिक्री भइरहेको भटमासको तेलको मूल्य २२० रुपैयाँमा झरेको छ ।

वाणिज्य विभागले तेलको मूल्य घटेको विषय जानकारी आएको जनाएको छ । विभागका प्रवक्ता शिवराज सेढाईंले मूल्य घटेको जानकारी उद्योगीहरुले गराएको बताए । बजारमा २० देखि ४० रुपैयाँसम्म खुद्रा मूल्य घटेको पाएको उनको भनाइ छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ८ : ०१ बजे

आज २०८२ साल चैत ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ५ गते बिहीबार चैत

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको