निरन्तर उकालो लागेको खाने तेलको भाउ घट्न थाल्यो « Khabarhub

निरन्तर उकालो लागेको खाने तेलको भाउ घट्न थाल्यो


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निरन्तर उकालो लागेको खाने तेलको मूल्य घट्न थालेको छ । तेल उत्पादनका लागि आयात गरिने कच्चा पदार्थको अन्तर्राष्ट्रिय मूल्य घटेपछि खाने तेलको मूल्य घट्न थालेको उद्योगीहरुले बताएका छन् ।

आठ महिनादेखि निरन्तर उकालो लागेको खाने तेलको भाउ पछिल्लो समय घट्दै गएको छ ।

पछिल्लो दुई सातामा भटमास र सूर्यमूखी तेलको बजार मूल्य प्रतिलिटर २० देखि ४० रुपैयाँसम्म सस्तो भएको छ ।

सूर्यमुखी र भटमासको तेलको कच्चा पदार्थ एक मेट्रिक टनमा तीन सय डलरसम्मले सस्तो हुँदा तेलको खुद्रा मूल्य घटेको उद्योगी कुमुद दूगडले बताए ।

नेपालमा भारत, ब्राजिल, अर्जेन्टिनालगायतका देशबाट खानेतेल उत्पादनका लागि कच्चा पदार्थ ल्याइन्छ ।

नेपाल खुद्रा ब्यापार संघका अनुसार यस अघि प्रतिलिटर २६५ देखि २७० रुपैयाँ रहेको सूर्यमुखी प्रशोधित तेलको मूल्य २३५ देखि २४० मा झरेको छ । सूर्यमुखी तेल प्रतिलिटर २३५ रुपैयाँसम्म बिक्री गर्न सकिने मूल्य होलसेलबाट आएको संघका कार्यकारणी सदस्य ध्रुव अधिकारीले बताए । यस्तै २५५ देखि ६० रुपैयाँमा बिक्री भइरहेको भटमासको तेलको मूल्य २२० रुपैयाँमा झरेको छ ।

वाणिज्य विभागले तेलको मूल्य घटेको विषय जानकारी आएको जनाएको छ । विभागका प्रवक्ता शिवराज सेढाईंले मूल्य घटेको जानकारी उद्योगीहरुले गराएको बताए । बजारमा २० देखि ४० रुपैयाँसम्म खुद्रा मूल्य घटेको पाएको उनको भनाइ छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ८ : ०१ बजे

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा