एमाले कार्यदल बैठक जारी, नेम्वाङ भन्छन् : आजै हस्ताक्षर गरेर युरो कप हेर्छौँ « Khabarhub

एमाले कार्यदल बैठक जारी, नेम्वाङ भन्छन् : आजै हस्ताक्षर गरेर युरो कप हेर्छौँ


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले)को विवाद समाधानका लागि कार्यदलको बैठक बिहानदेखि अर्थमन्त्रालयमा जारी छ । जारी बैठकमा आजै सहमति गर्ने गरी छलफल भइरहेको कार्यदल सदस्यहरुले बताएका छन् ।

विवाद समाधानका लागि दिनभर कार्यदलसदस्यहरु जुटे पनि अझै निष्कर्षमा पुग्न सकेका छैनन् ।

कार्यदलमा रहेका ओली पक्षका उपप्रधानमन्त्री विष्णु पौडेलले विवाद समाधानका लागि पहल जारी रहेको बताए ।

विवाद समाधान कार्यदलका संयोजक सुवास नेम्वाङले आजै दुवै पक्षबीच हस्ताक्षर हुने गरी छलफल भइरहेको बताएका छन्।

‘विवाद टुंग्याउन भनेर हामी लाग्यालाग्यै छौं, बिहान ८ बजेदेखि हामी एउटै कोठामा छौं,’ बैठकबाट केही समयका लागि बाहिरिएका नेम्वाङले भने, ‘आजै हस्ताक्षर गरेर युरो कप हेर्न जान्छौँ।’

यसअघि नेम्वाङले हिजोको बैठकपछि आजै सुखद् समाचार सुन्न पाइने बताएका थिए ।

कार्यदल बैठक चलिरहेका बेला नेपाल पक्षका नेता घनश्याम भुसाल पनि बाहिरएका थिए ।

उनले कार्यदलमा भइरहेको छलफलका विषयवस्तुबारे नेता नेपालसँग परामर्श गरेर फर्किएका थिए । उनले कार्यदलमा हिजोअस्तिभन्दा खासै केही पनि प्रगति नभएको बताएका थिए।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ९ : ४५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना