नेपाल राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण शुरू हुँदै « Khabarhub

नेपाल राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण शुरू हुँदै


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण आज शुरू हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पोखरा रंगशालामा टिमको प्रशिक्षण गर्न लागिएको जनाएको छ ।

प्रशिक्षणमा प्रकाश बुढाथोकी र एरिक विष्ट भने सहभागी हुने छैनन् ।  दुबै खेलाडी चोटका कारण फिट छैनन् । उनीहरुको स्थानमा शिशिर लेखी र सेसेहाङ आङदेम्बे टिममा सामेल हुने एन्फाले जनाएको छ ।

साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि नेपाली टोलीले तयारी गरिरहेको छ  । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा ३७ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुनेछ  ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ६ : ४० बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने