तेलको महत्व, रोगबाट मुक्तिबाट कसरी प्रयोग गर्ने ? « Khabarhub

तेलको महत्व, रोगबाट मुक्तिबाट कसरी प्रयोग गर्ने ?


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीरमा मालिसदेखि भान्सासम्म प्रयोग हुने तेल हाम्रो जीवनमा अत्यन्त महत्वपुर्ण मानिन्छ । अझ धार्मीक महत्व समेत भएकाले तेलको प्रयोग पुजाकोठादेखि मन्दिरसम्म हुने गर्दछ ।

देवीदेवता रिझाउन वा शनिदेव र हनुमानलाई तेल अर्पण गरे प्रसन्न हुने र कृपा प्राप्त भइ सबै कष्ट निवारण हुने धार्मीक मान्यता छ । तेललाई शनीदेवसंग सम्बन्धित मानिन्छ । तेललाई पूजामा कसरी प्रयोग गर्ने र यसबाट घरमा सुख–समृद्धि कसरी भित्र्याउने त्यसबारे जान्नुहोस् ।

१. चमेलीको तेल
हरेक मंगलबार वा शनिबार पुजा सामाग्रीमा सिन्दूर र चमेलीको तेल थप गरी हनुमानको आराधना गरेमा सम्पुर्ण मनोकामना पुर्ण हुने धार्मीक विश्वास छ । तर हनुमानलाई अर्पण गर्ने चमेलीको तेलमा दियो बाल्ने भने होइन प्रतिमामा दलेर आराधना गर्नु पर्दछ ।

२. सरस्युको तेल
एक बटुका सरस्युको तेलमा आफ्नो छाँया हेरेर शनिवार साँझ शनि मन्दिरमा राखेर आएमा शनिदोष बाट मुक्ति मिल्ने धार्मीक मान्यता छ । यस अलावा शनिदेवलाई तेल चढाएमा शनिदेवको कृपा प्राप्त हुने धार्मीक विश्वास रहेको छ ।

३. तिलको तेल
लगातार ४१ दिनसम्म पीपलको रुख मुनी तिलको तेलमा दियो बालेमा असाध्य रोगबाट छुटकारा मिल्ने र बिरामी स्वस्थ्य हुने धार्मीक मान्यता छ । साधना र सिद्धि पाउन पीपलको फेदमा दियो बाल्ने धार्मीक रिती रहेको छ ।

४. शारीरिक कष्ट निवारण
कम्तिमा ३ वा सो भन्दा बढि शनिवार सरस्युको तेलमा सवा किलो आलू र बैगन (भण्टा)को तरकारी बनाउने र त्यति नै वजनको पूरी सरस्युको तेलमा बनाएर दिव्यांग र गरीबमा वितरण गरेमा कुनै पनि प्रकारको शारिरिक कष्ट निवारण हुने धार्मीक विश्वास छ ।

धन–समृद्धि र सुख शान्ति पाउन
शुद्ध तेलको दियोमा ल्वाङ हालेर हनुमानको आरती गरेमा अनिष्ट नाश हुने र धनयोग बन्ने धार्मीक मान्यता छ । साथै पारिवारिक जीवनमा खुसी र शान्ति पाउन कुनै पनि आश्रममा केही अन्न, पिठो र सरस्युको तेला दान गर्नुपर्ने धार्मीक मान्यता छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ९ : २७ बजे

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।