सर्पले डसे के गर्ने ? « Khabarhub

सर्पले डसे के गर्ने ?


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गर्मी मौसममा देखिने प्रमुख समस्या मध्ये एक हो, सर्पको टोकाइको त्रास । मनसुन सुरु भएसंगै सर्प बाहिर निस्कने र यसले मानव बस्ति र घरमा आश्रय लिने भएकाले यसको टोकाइको जोखिम बर्षायाममा बढि हुन्छ । त्यसैले गर्मीमा सर्पदंशको घटना बढ्ने गर्दछ ।

सर्पको विष हिमोटोक्सिक, न्यूरोटक्सिक र मायोटक्सिक गरी ३ प्रकारको हुन्छ । पहिलो हिमोटोक्सिक बिष पाउने सर्पको टोकाइले रक्त कोशिकामा आक्रमण गर्दछ जसका कारण शरिरमा थुप्रै स्थानबाट रक्तश्राव हुन्छ र रगतको बान्ता हुने गर्दछ । त्यस्तै न्यूरोटक्सिक बिष भएको सर्पको टोकाइले शरिरको स्नायू प्रणालीमा आक्रमण गर्दछ । र मायोटक्सिक बिष भएका सर्प समुन्द्रमा पाइने भएकाले नेपालमा यसको संख्या सून्यको स्थितीमा छ ।

यस्तोमा कुनै असावधानी वा अन्जानमै सर्पले टोकेमा के गर्ने ? सर्पले टोकि हालेमा अपनाउनु पर्ने घरेलु उपाय यस्ता छन् ।

१. घाइतेलाई सुत्न (निदाउन) नदिने ।

२. सुई निकालिएको इन्जेक्सनले सर्पले टोकेको स्थानबाट ५/७ पटक रगत तान्नुहोस् ।

३. घाउलाई चिसो पानीले पखाल्नुहोस् ।

४. सर्पले टोकेको स्थानमा कागतीको रसले पखाल्दा संक्रमणको खतरा कम हुन्छ ।

५. चिसो माटोको पट्टी बनाएर टोकेको स्थानमा राख्दै हरेक १० मिनेटमा परिवर्तन गर्ने ।

६. दुधमा गाइको घ्यु मिसाएर घाइतेलाई पिउन दिनुहोस् ।

७. लसुनको पेष्टमा मह मिसाएर चटाउँदा पनि संक्रमण कम हुन्छ ।

८. मूलाको पात रगढ्दा जलन कम हुन्छ ।

तर स्मरण राख्नुहोस्, सर्पको टोकाइ घरभित्रको उपचारले निको हुदैँन । यसकालागि अनिवार्य अस्पताल अझ सर्पदशं अस्पताल जानैपर्छ । त्यसले सर्पले टोकेपछि सर्पदशं अस्पताल जान ढिलो नगर्नुहोस् । अन्यथा ज्यान जाने खतरा बढ्दछ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १० : २२ बजे

सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ

चितवन – चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु कालो सालकको अखेटोपहार

नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय

काठमाडौं – नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाबाट प्रभावित क्षेत्रको खानेपानी आयोजनाको

‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा कोइरालालाई

काठमाडौं – यसवर्षको ‘सेवा पुरस्कार नेपाल’ मुटु रोग विशेषज्ञ डा

डा गोविन्द केसीले तोडे अनसन

काठमाडौँ । काठमाडौँ । डाक्टर गोविन्द केसीले अनसन तोडेका छन्

अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार

सुदूरपश्चिम – कैलालीको धनगढीमा पाँच दिनदेखि अनसनरत डा गोविन्द केसीको