पूरा होला त चैतसम्ममा सबैलाई खोप लगाउने सरकारी लक्ष्य ! « Khabarhub

पूरा होला त चैतसम्ममा सबैलाई खोप लगाउने सरकारी लक्ष्य !



काठमाडौँ– सरकारले आफ्नो ‘साझा न्यूनतम कार्यक्रम’ मा आगामी असोजसम्ममा एक तिहाईलाई र चैतसम्ममा खोप लगाउन योग्य सबै नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने भनेको छ ।

हालको कुल जनसंख्यामा एक तिहाई करिब १ करोड ६७ हजार हो । यसमा १८ वर्ष उमेरमाथिका नागरिक पर्छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ७१ लाख ३१ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । यीमध्ये २६ लाख ५ हजार जनाको खोप पूरा भएको छ, ४५ लाख ६२ हजारले दोस्रो खोप लगाउन बाँकी छ ।

यसरी हेर्दा कुल जनसंख्यामध्ये १५ प्रतिशतले खोप लगाएका भए पनि र १ दशमलव ६ प्रतिशतको मात्रै खोपको मात्रा पूरा भएको छ ।

मङ्गलबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले सबै नागरिकका लागि खोप ल्याइदिएको भन्दै खुरुखुरु लगाइदिन सरकारलाई आदेशमूलक सुझाब दिए ।

उनले भने, ‘मेरो सरकारले खोप ल्याएको छ, थुपारिदिएको छ, लगभग एक करोड खोप स्टकमा छ, खुरुखुरु लगाइदिनुस् न ।’

आगामी दुई महिनामा साताभित्र एक तिहाई जनसंख्यालाई खोप लगाउन कति खोप चाहिन्छ ? यो लक्ष्य पूरा हुन सम्भव छ ?

स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार एक तिहाई जनसंख्यामा खोपको दुबै मात्रा पूरा हुन करिब ८० लाख मात्रा खोप आवश्यक पर्छ । उनले सरकारको लक्ष्य पूरा हुन असम्भव नरहेको बताए ।

गौतमका अनुसार एक तिहाई जनसंख्यालाई खोप पु¥याउन बाँकी खोप खरिदको प्रक्रिया पाइपलाइनमा छ र खरिद प्रक्रिया प्रक्रिया अनुसार खोप आए लक्ष्य पूरा हुन्छ ।

यसैगरी, साझा न्यूनतम कार्यक्रममा चैतमसान्तसम्म खोप लगाउन योग्य सबै नागरिकलाई खोपको व्यवस्था गर्ने भनिएको छ ।

सरकारले भनेझैँ खोप लगाउन योग्यमा हाल लगाइरहेका १८ वर्षमाथिका करिब २ करोड नागरिक पर्छन् । डा. गौतमका अनुसार चैत मसान्तसम्म खोप लगाउन योग्य करिब २ करोड नागरिकका लागि करिब थप ३ करोड डोज खोप आवश्यक पर्छ ।

१ करोड ८ लाख मात्रा आयो

सरकारले खरिद, अनुदान र कोभ्याक्स सुविधा अन्तर्गत खोप ल्याइरहेको छ । हालसम्म १ करोड ८ लाख ६० हजार मात्रा खोप प्राप्त भएको डा. गौतमले खबरहबलाई बताए ।

यसमध्ये कोभ्याक्स सुविधाअन्तर्गत भारतबाट कोभिसिल्ड ३ लाख ४८ हजार, जापानबाट एस्ट्राजेनेका ८ लाख ४७ हजार, अमेरिकाबाट जोन्सन एण्ड जोन्सन १५ लाख ३४ हजार ८५० गरी २७ लाख ३० हजार मात्रा खोप प्राप्त भएको छ ।

सरकारले खरिद गरेको १० लाख कोभिसिल्ड र चीनबाट भेरोसेल ४० लाख गरी ५० लाख मात्रा खोप आइसकेको छ । अनुदानमा भारतबाट ११ लाख, चीनबाट १८ लाख, भुटानबाट २ लाख ३० हजार गरी जम्मा १ करोड ८ लाख ३० हजार मात्रा खोप प्राप्त भएको छ ।

आउन बाँकी खोप

चीनबाट अनुदानमा १६ लाख मात्रा र खरिद गरेर ६० लाख भेरोसेल खोप भदौ मसान्तसम्म आउने तालिका छ । भारतबाट खरिद गरिएको कोभिसिल्ड खोपको १० लाख र जापानबाट एस्ट्राजेनेकाको ८ लाख मात्रा केही दिनामा आउने तालिका रहेको डा. गौतमले बताए ।

कुन खोप कतिले लगाए

मन्त्रालयका अनुसार यही साताको सोमबारसम्म ७१ लाख ३१ हजार ४८१ जनाले खोप लगाएका छन् । हालसम्म २३ लाख ९३ हजार ८४ जनाले कोभिसिल्ड खोप लगाएका छन् ।

यसमा १८ लाख ६८ हजार ४२५ जनाले पहिलो मात्रा र ५ लाख २४ हजार ६५९ जनाले दोस्रो मात्रा समेत लगाएका छन् । त्यस्तै ३५ लाख १५ हजार ६४७ जनाले भेरोसेल खोप लगाएका छन् ।

यसमा पहिलो मात्रा खोप लगाउनेको संख्या २६ लाख ५७ हजार १० छ, दोस्रो मात्रा समेत लगाउनेको संख्या ९ लाख ३८ हजार २३ छ ।

यसैगरी, ११ लाख ४३ हजार ३६४ जनाले जोनसोन एन्ड जोनसोन खोप लगाएको मन्त्रालयले जनाएको छ । यो खोप एक मात्रामै पूरा हुन्छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १० : ३२ बजे

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन– चितवनस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका शैक्षिक

फिल्मको व्यापार चौपट, स्टारहरूकै बिजोग

काठमाडौं – २०८२ सालको फागुन अन्तिमसम्म आइपुग्दा यस वर्ष करिब

स्वरोजगारका लागि सीपमूलक तालिम

कञ्चनपुर– स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले १३३

प्राकृतिक उपचारका लागि सिंगा तातोपानीमा भीड

म्याग्दी– कपिलबस्तुको बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रूपन्देहीका