गरिमा ज्ञवाली बनिन् 'मिस नेपाल नर्थ अमेरिका २०२१' | Khabarhub Khabarhub

गरिमा ज्ञवाली बनिन् ‘मिस नेपाल नर्थ अमेरिका २०२१’


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्कमा सम्पन्न मिस नेपाल नर्थ अमेरिका-२०२१ (उत्तर अमेरिका नेपाल सुन्दरी) प्रतियोगिताकि बिजेता गरिमा ज्ञवाली बनेकी छिन ।

न्यूयोर्ककी गरिमा ज्ञवालीले १७ जना प्रतियोगीलाई हराउदै मिस नेपाल नर्थ अमेरिका-२०२१ को ताज पहिरिएकी हुन् । प्रथम बिजेतामा याङ्गछेन लामा तथा तथा द्वितीय बिजेता सुभेच्छा निरौला भएका छन ।

यसको साथै मिस ट्यालेन्टमा रोशिका गजमेर, मिस कम्युनिटी आउटरिचमा एलिना राइ, मिस पपुलरमा नग्मा गुरुङ्ग मिस स्माइलमा निमिका थापा, मिस वेस्ट ड्रेसमा सेलिषा नेपाल, मिस पर्सोनालिटीमा गरिमा ज्ञवाली, मिस डिसीप्लिनमा सुप्रिता फुयाल, मिस क्याटवाकमा दिना केसी, मिस पर्सनालिटीमा गरिमा ज्ञवाली, मिस राईजिगं स्टारमा अलिशा गुरुङ्ग, मिस वेस्ट स्किनमा चाँदनी लामा, मिस बेस्ट हेयरमा मुना नेपाल, मिस बेस्ट फिजिक्समा उर्जा केसी, मिस बेस्ट हेरिटेजमा जेनी रावत लगायतलाई प्रदान गरिएको थियो ।

अगस्ट १ देखि अगस्ट ६ सम्म प्रतियोगीहरुको तालिम चलेको थियो भने अगस्त ७ का शनिवारका दिन न्युओर्कको तिब्बती सामुदायिक केन्द्रमा हलमा विजेता तथा अन्यको घोषणा गरिएको हो । १८ जना प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्य तथा क्यानडा समेतबाट सहभागिता भएका थिए । पहिलो चरणमा १८ जना प्रतियोगीहरु परिचयात्मक प्रस्तुति पश्च्यात दोस्रो चरणमा १० जना पुगेका थिए । दोस्रो चरणमा पुगेका १० जना मध्ये अन्तिम चरणमा ५ जना पुगेका मध्ये मिस नेपाल नर्थ अमेरिका २०२१ का बिजेता, प्रथम विजेता तथा द्वितीय विजेता घोषित गरिएको थियो ।

प्रतियोगिताको लागि पूर्व नेपाल सुन्दरीहरु क्रमस शृंखला खतिवडा ,सदीक्षा श्रेष्ठ, मनिता देवकोटा, मलिना जोशी तथा साहना वज्राचार्यले सहभागिता जनाएका थिए । सन् २०१८ की मिस नेपाल वर्ल्ड (नेपाल विश्व सुन्दरी) शृखला खतिवडा अफिसियल मेन्टर (आधिकारिक परामर्शदाता) तथा मुख्य निर्णायक रहेकी थिईन । सदिक्षा श्रेष्ठ कोरियोग्राफर (आधिकारिक सम्पूर्ण प्रशिक्षण) तथा सन् २०१८ कि नेपाल ब्रम्हाण्ड सुन्दरी मनिता देवकोटा प्रशिक्षकको रुपमा भूमिका निर्वाह गरेकी थिईन ।

साहना वज्राचार्य कार्यक्रम प्रस्तोताको भूमिका निर्वाह गरेकी थिइन् । यस्तै गरि निर्णायकहरुमा चर्चित कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी, निर्माता तथा निर्देशक आशिष प्रसाई, सवु गदाल कार्की, मोनिका घले, मलिना जोशी, डा.सुलोचना गुरुङ, पूर्ण लामा, पशुपति श्रेष्ठ तथा अधिवक्ता बासु फूलारा रहेका थिए ।

उक्त प्रतियोगिताको नारा भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण गरिदै भन्ने राखिएको थियो । ११ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू रहेको मिस नेपाल नर्थ अमेरिकाको आयोजक समूहका संस्थापक अध्यक्ष शैलेश श्रेष्ठ हुन् । उक्त प्रतियोगिताले नेपालको संस्कृति र पहिचानलाई विश्वसामु चिनाउँदै जाने र यस्ता प्रकारका कार्यक्रम हरु भावी दिनमा अझै मजबुद र अब्बल रुपमा सञ्चालन गर्दै जाने कुरा अध्यक्ष शैलेश श्रेष्ठले जानकारी दिए।

सम्पूर्ण निर्णायकहरुलाई न्यूयोर्क सिटि काउन्सिलले उहाहरुको कडा मेहनत र सफलताको कदर गर्दै सम्मान स्वरुप कदर पत्र प्रदान गरेको छ । साथै संस्थाका संस्थापक अध्यक्ष सैलेश श्रेष्ठले आशिष प्रसाइलाई “गेस्ट अफ अनर” को सम्मान समेत गरेका थिए ।

साथै संस्थाको निर्देशकहरु दीपक श्रेष्ठ, कपिल भट्ट, विक्रान्त श्रेष्ठ र प्रतिक सुबेदी लाइ उहाहरुको योगदानको सम्मान स्वरूप कदर पत्र प्रदान गरे । बिजेकाहरुको घोषणा भै सकेपछि प्रतियेगीहरुलाई अन्य बिशेष व्यक्तित्वहरु सहित गैर आवासिय नेपाली सॅघ अमेरिकाका अध्यक्ष बुद्धी सागर सुवेदी तथा वरिष्ठ उपाध्यक्ष कृ्ष्ण जीवि पन्थले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  २ : ३० बजे

रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ

काठमाडौं – राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा

गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो

काठमाडौं – काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ