कोरोनाविरुद्धको खोप किन्न एडीबीले १९ अर्ब ५८ करोड ऋण सहयोग गर्ने | Khabarhub Khabarhub

कोरोनाविरुद्धको खोप किन्न एडीबीले १९ अर्ब ५८ करोड ऋण सहयोग गर्ने


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड १९ विरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।

बुधवार अर्थमन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र एशियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यो सहुलियत ऋण सहायताले १ करोड ५९ लाख डोज कोभिडविरुद्धको खोप खरिद गरी नेपाल सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुग्नेछ । यसबाट ६८ लाख जनसंख्या लाभान्वित हुनेछन् ।

कार्यक्रममा अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताको लागि एशियाली विकास बैंकको यो सहायता महत्वपूर्ण हुने उल्लेख गर्दै खोप अभियानले नागरिक जीवनको सुरक्षा गरी अर्थतन्त्रको पुनरुत्थानमा मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे

 

खोप कार्यक्रम सरकारको उच्च प्राथमिकताको विषय भएको जानकारी गराउदै उनले यसमा एशियाली विकास बैंकको ऋण सहायताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

एडीबीका कन्ट्री डाइरेक्टर कुस्वाले यो सम्झौता कोभिड १९ को चक्र तोडेर नागरिक जीवनको रक्षा गरी आर्थिक एवं सामाजिक पुनरुत्थानतर्फ अघि बढ्न सहयोगीसिद्ध हुने विश्वास व्यक्त गरे ।

उनले कोभिड १९ संक्रमणबाट सार्वजनिक स्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा परेको असर व्यवस्थापन गर्न नेपाल सरकारलाई बैंकले पुर्‍याइरहेको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने आश्वासन दिए ।

यस बाहेक एशियाली विकास बैंकबाट परिचालित प्राविधिक सहायताले खोप वितरणलााई प्रभावकारी बनाउने र सञ्चार तथा सामुदायिक सहभागितालाई बढावा दिँदै कोभिड १९ विरुद्ध जनचेतना फैलाउन सहयोग पुग्ने विश्वास सरकारले लिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ३ : १४ बजे

हनुमानढोकास्थित दशैं घरमा राखियो जमरा (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दुहरूको महान्

गोरखा दरबारको दशैँघरमा जमरा राखियो

गोरखा– गोरखा दरबारको दशैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ ।

केशरमहलमा फर्कियो शिक्षा मन्त्रालय (तस्बिरहरू)

काठमाडौं- जेन-जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आन्दोलनकारीहरूले सिंहदरबारभित्र

वीरगञ्ज नाका हुँदै साउन र भदौमा एक खर्ब ४६ अर्बको आयात, १७ अर्बको निर्यात

पर्सा– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको दुई महिनामा एक

काठमाडौंका शक्तिपीठमा दर्शनार्थीको भीड

काठमाडौं– नवरात्रको पहिलो दिन आज नेपालीले घर घरमा घटस्थापनासहित जमरा