महाकाली तुइन घटना : छानबिन समितिद्वारा मन्त्रीसँग छलफल | Khabarhub Khabarhub

महाकाली तुइन घटना : छानबिन समितिद्वारा मन्त्रीसँग छलफल


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गठित टोलीले आज सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीसँग धनगढीमा छलफल गरेको छ ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वमा गठित उक्त टोलीले दार्चुलामा रहेर गरेका कामबारे छलफल गरेको हो ।

छानबिन टोलीसँगको भेटका क्रममा सीमा सुरक्षा र दार्चुलावासीले सीमा नाका आवागमन गर्दा भोगिरहेको कठिनाइ लगायतका बारेमा छलफल भएको मन्त्री जोशीले जानकारी दिए ।

उक्त टोली आजै कञ्चनपुरतर्फ गएको जनाइएको छ । यही साउन १५ गते तुइनबाट महाकाली नदी तर्ने क्रममा धामी बेपत्ता भएका थिए । बेपत्ता भएको १२ दिनसम्म पनि उनको अवस्था अज्ञात छ ।

भारतको बाटो भएर सदरमुकाम खलङ्गा आउने क्रममा व्यास गाउँपालिका–२ मालघाटमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काट्दा जयसिंह बेपत्ता भएको बताइएको छ । महाकाली नदी दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर भएर बग्ने गर्दछ ।

बेपत्ता जयसिंहको खोजीका लागि दार्चुलामा नेपाल प्रहरीको प्राविधिक टोलीसँगै ‘ड्रोन क्यामेरा’ प्रयोग गरिएको छ । नेपाल सरकारले घटनाको छानबिनका लागि साउन १७ गते सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोली गठन गरेको थियो ।

उक्त छानबिन समितिले जिल्लामा रहँदा नेपाल–भारत दुवैतर्फबाट घटना भएको ठाउँको स्थलगत निरीक्षण गर्नाका साथै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयवासी र घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल गरी सूचना सङ्कलन गरेको थियो । टोलीले घटनास्थलको नेपाल–भारत दुवैतर्फ स्थलगत अवलोकन अध्ययन पनि गरेको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ३ : ५६ बजे

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका

हेटौँडा सिमेन्ट उद्योगद्वारा आजदेखि पुनः उत्पादन सुरु

बागमती – हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको

सबैले आआफ्नो क्षेत्रबाट मुलुकका लागि दायित्य र जिम्मेवारी बहन गर्नुपर्छ : राधिका शाक्य

काठमाडौं – प्रथम महिला राधिका शाक्यले सबैले आआफ्नो क्षेत्रबाट मुलुकका

निजी क्षेत्रलाई विद्युत् व्यापारको अवसर दिनुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् व्यापारमा अब निजी