उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भन्दै ठगी गर्ने पक्राउ  | Khabarhub Khabarhub

उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भन्दै ठगी गर्ने पक्राउ 


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हुँ भनेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा डोटी केआइसिंह गाउँपालिका–६ स्थायी घर भई हाल कीर्तिपुर नगरपालिका–७ बस्ने २६ वर्षीय कुशल भट्ट भनिने केशवराज भट्ट रहेको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले भट्टलाई कलंकी स्युचाटारबाट पक्राउ गरेको हो ।

उनले निजामती कर्मचारीको पोशाक लगाएर उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भन्दै विभिन्न व्यक्तिहरुलाई अनेक बहानामा पारी ठगी गरेको खुलेको महाशाखाले जनाएको छ।

भट्ट यसअघि साइबर क्राइम र ठगी मुद्दामा जिल्ला अदालतमा एक वर्ष कैद र ३० हजार जरिवानाको सजाय भुक्तानी गरिसकेको व्यक्ति रहेको महाशाखाले जनाएको छ।

भट्टले कतिपय व्यक्तिहरुलाई सामाजिक सञ्जालमार्फत् आफू परराष्ट्र मन्त्रालयको सह–सचिव समेत हुँ भनि ठगी गर्दै आएकोसमेत खुलेको महाशाखाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पनि महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ६ : ०९ बजे

सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाई सुरु

बनेपा– सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रणबाट छाप्न सुरु

माइकल ज्याक्सनको जीवनी फिल्म ‘माइकल’को ट्रेलर सार्वजनिक

काठमाडौं– हलिउड पप संगीतका महानायक माइकल ज्याक्सनको जीवन र करियरमा

कीर्तिपुरका किसानलाई धान सुकाउने चटारो (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरका किसानहरूलाई अहिले धान सुकाउने चटारो परेको छ । जेठको अन्तिम

भारतद्वारा सन् २०२७ का लागि डिजिटल जनगणनाको तयारी सुरु

नयाँ दिल्ली– भारत सरकारले सन् २०२७ मा आयोजना गर्न लागिएको

फागुन २१ को चुनावमा बहुमत ल्याउने रास्वपाको योजना अर्याल भन्छन् : योग्य नेतृत्व भए सम्भव छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो मुख्य अर्जुनदृष्टि फागुन २१ को