सप्तरीमा सेनाको गाडी र पिकअप भ्यान ठोक्किँदा एक जनाको मृत्यु « Khabarhub

सप्तरीमा सेनाको गाडी र पिकअप भ्यान ठोक्किँदा एक जनाको मृत्यु


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कङ्कालिनी मन्दिर नजिक आज अपराह्न भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा झापाको दमक नगरपालिकाका ४२ वर्षीय मेघराज शर्माको घटनास्थलमा नै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको १८ नम्बर बाहिनी गाईघाट उदयपुरको प्रदेश नम्बर ३–०१–००१ ग ३७२५ नम्बरको वनटेन गाडी र विपरीत दिशाबाट आउँदै गरेको मे १ च ६९२५ नम्बरको पिकअप गाडी एकापसमा ठक्कर खाँदा पिकअप चालक शर्माको मृत्यु भएको हो ।

पिकअप गाडीका सहचालक सुनसरीको इटहरी नगरपालिका–५ का ५२ वर्षीया भवानी र नेपाली सेनाको गाडीमा सवार खोटाङको मझुवागढी नगरपालिका–१० का ४२ वर्षीय १८ नम्बर बाहिनी उदयपुरमा कार्यरत जमदार जीवन गरी घाइते भएका छन् ।

घाइतलाई उपचारका लागि अस्पताल पठाइएको र सेनाको वनटन गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ९ : १५ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि