जिब्रो र दाँतको अन्तर : एक प्रेरक प्रसङ्ग « Khabarhub

जिब्रो र दाँतको अन्तर : एक प्रेरक प्रसङ्ग


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कन्फ्युशियस चीनका महान् दार्शनिक थिए । जीवनको अन्तिम क्षणमा जब उनी मृत्यु शैयामा थिए तब उनले आफ्ना शिष्यलाई नजिक बोलाए र भने, अलि नजिक आएर त हेर मेरो मुखमा जिब्रो छ कि छैन ?

शिष्य यो विचित्र प्रकारको आज्ञा सुनेर अचम्मित भए । कन्फ्युशियसले आफ्नो मुख खोले ।

शिष्यले हेरे र भने, गुरुदेव, जिब्रो त जस्ताको तस्तै छ ।

कन्फ्युशियसले फेरि सोधे— दाँत ?

शिष्यले जवाफ दिए— दाँतको नामोनिशाना पनि छैन ।

यो सुनेर कन्फ्युशियस मुस्कुराए र भने, ती सबै दाँत कहाँ गए ?

सबै शिष्य एकअर्काको मुख ताक्न थाले । तब कन्फ्युशियस बिस्तारै उठेर बस्दै बोले, सुन छोराहरु हो, यो रहस्य जानिराख, नत्र अहिलेसम्मको तिमीहरुको सारा ज्ञान बेकारमा जानेछ । जिब्रो कोमल र सहनशील हुन्छ, त्यसैले यसको अस्तित्व अझसम्म छ । दाँत क्रूर र कठोर थिए, यसैले ती नष्ट भएर गए ।

साभार : प्रेरक प्रसङ्हरु पुस्तकबाट

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ५ : १० बजे

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार

भोजपुर– हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको