जिब्रो र दाँतको अन्तर : एक प्रेरक प्रसङ्ग « Khabarhub

जिब्रो र दाँतको अन्तर : एक प्रेरक प्रसङ्ग


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कन्फ्युशियस चीनका महान् दार्शनिक थिए । जीवनको अन्तिम क्षणमा जब उनी मृत्यु शैयामा थिए तब उनले आफ्ना शिष्यलाई नजिक बोलाए र भने, अलि नजिक आएर त हेर मेरो मुखमा जिब्रो छ कि छैन ?

शिष्य यो विचित्र प्रकारको आज्ञा सुनेर अचम्मित भए । कन्फ्युशियसले आफ्नो मुख खोले ।

शिष्यले हेरे र भने, गुरुदेव, जिब्रो त जस्ताको तस्तै छ ।

कन्फ्युशियसले फेरि सोधे— दाँत ?

शिष्यले जवाफ दिए— दाँतको नामोनिशाना पनि छैन ।

यो सुनेर कन्फ्युशियस मुस्कुराए र भने, ती सबै दाँत कहाँ गए ?

सबै शिष्य एकअर्काको मुख ताक्न थाले । तब कन्फ्युशियस बिस्तारै उठेर बस्दै बोले, सुन छोराहरु हो, यो रहस्य जानिराख, नत्र अहिलेसम्मको तिमीहरुको सारा ज्ञान बेकारमा जानेछ । जिब्रो कोमल र सहनशील हुन्छ, त्यसैले यसको अस्तित्व अझसम्म छ । दाँत क्रूर र कठोर थिए, यसैले ती नष्ट भएर गए ।

साभार : प्रेरक प्रसङ्हरु पुस्तकबाट

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ५ : १० बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार