यसरी गर्न सकिन्छ गला बसेको घरेलु उपचार « Khabarhub

यसरी गर्न सकिन्छ गला बसेको घरेलु उपचार


२६ भदौ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गला बस्नु भन्नाले घाँटीबाट आउने आवाज या घाँटीबाट निस्किने शब्द बिलकुल नआउनु या मन्द मन्द आउनु भन्ने बुझिन्छ । जोडजोडले भाषण दिनु या पढ्नु, विष खानु र कण्ठमा कुनै पनि प्रकारले चोट लाग्नु, वातादि कोष कुपित हुनु । यी कारणहरुले कण्ठबाट शब्द प्रवाह गर्ने नाडीहरुमा स्थिर भएर स्वरभंग गरिदिन्छ । यो स्वरभङ्ग छ प्रकारको हुन्छ— वात, पित्त, कफ, सन्निपात, शरीरको स्थूलता र क्षयीरोग ।

घरेलु उपचार

१.   नुनयुक्त तेलका पदार्थहरु खानाले वात स्वरभंग हट्छ ।

२.   तातोपानी पिउनुपर्दछ ।

३.   देसी घीउ र सखर सेवन गर्नाले स्वरभंग ठीक हुन्छ ।

४.   घीउ र मह पिउनाले स्वरभंग ठीक हुन्छ ।

५.   तातो दूध पिउनाले पनि स्वरभंग ठीक हुन्छ ।

६.   खारेको तिलको तेल अथवा मह चाट्नाले पनि स्वरभंग ठीक हुन्छ ।

७.   पिप्पली, पीपलामूल र कालो मरीच गोमूत्रमा पिसेर पिउनाले कफ स्वरभंग  ठीक हुन्छ ।

८. घाँटीको तालुमा उठेको मासुको रगत निकाल्नाले पन कफ स्वरभंग ठीक हुन्छ ।

साभार : ‘घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट

प्रकाशित मिति : २६ भदौ २०७८, शनिबार  ५ : ४८ बजे

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।