यसरी गर्न सकिन्छ गला बसेको घरेलु उपचार « Khabarhub

यसरी गर्न सकिन्छ गला बसेको घरेलु उपचार


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गला बस्नु भन्नाले घाँटीबाट आउने आवाज या घाँटीबाट निस्किने शब्द बिलकुल नआउनु या मन्द मन्द आउनु भन्ने बुझिन्छ । जोडजोडले भाषण दिनु या पढ्नु, विष खानु र कण्ठमा कुनै पनि प्रकारले चोट लाग्नु, वातादि कोष कुपित हुनु । यी कारणहरुले कण्ठबाट शब्द प्रवाह गर्ने नाडीहरुमा स्थिर भएर स्वरभंग गरिदिन्छ । यो स्वरभङ्ग छ प्रकारको हुन्छ— वात, पित्त, कफ, सन्निपात, शरीरको स्थूलता र क्षयीरोग ।

घरेलु उपचार

१.   नुनयुक्त तेलका पदार्थहरु खानाले वात स्वरभंग हट्छ ।

२.   तातोपानी पिउनुपर्दछ ।

३.   देसी घीउ र सखर सेवन गर्नाले स्वरभंग ठीक हुन्छ ।

४.   घीउ र मह पिउनाले स्वरभंग ठीक हुन्छ ।

५.   तातो दूध पिउनाले पनि स्वरभंग ठीक हुन्छ ।

६.   खारेको तिलको तेल अथवा मह चाट्नाले पनि स्वरभंग ठीक हुन्छ ।

७.   पिप्पली, पीपलामूल र कालो मरीच गोमूत्रमा पिसेर पिउनाले कफ स्वरभंग  ठीक हुन्छ ।

८. घाँटीको तालुमा उठेको मासुको रगत निकाल्नाले पन कफ स्वरभंग ठीक हुन्छ ।

साभार : घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ५ : ४८ बजे

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६