विश्वभर २० करोडभन्दा बढीले जिते कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वभर २० करोडभन्दा बढीले जिते कोरोना भाइरसको संक्रमण


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर २० करोडभन्दा बढीले कोरोना भाइसको संक्रमणलाई जितेका छन् ।

पछिल्लो २४ घण्टामा ५ लाख ३० हजार ७७३ जना संक्रमणमुक्त भएका छन् ।  योसँगै विश्वभर संक्रमण जित्नेको संख्या २० करोड ११ लाख ३२ हजार ९२० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ लाख ८७ हजार ९३५ जना संक्रमित भएका छन् । योसँगै  विश्वभर संक्रमितको संख्या २२ करोड ४६ लाख ६ हजार ३९५ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८८ लाख ४३ हजार ७८५ छ । यसमध्ये १ लाख ३ हजार ५८३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ९११ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ४६ लाख २९ हजार ६९० पुगेको छ ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।

बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ६८ हजार ८६८ जनामा संक्रमण भएको छ । यस्तै थप १ हजार ७२४ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख ७६ हजार ९६६ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी ब्राजिलमा ५ लाख ८५ हजार ९२३ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३५ हजार संक्रमित देखिन थालेका छन् । भारतमा शनिबार बिहानसम्म ४ लाख ४२ हजार ३५० संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ७ : ३१ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब