विश्वभर २० करोडभन्दा बढीले जिते कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वभर २० करोडभन्दा बढीले जिते कोरोना भाइरसको संक्रमण


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर २० करोडभन्दा बढीले कोरोना भाइसको संक्रमणलाई जितेका छन् ।

पछिल्लो २४ घण्टामा ५ लाख ३० हजार ७७३ जना संक्रमणमुक्त भएका छन् ।  योसँगै विश्वभर संक्रमण जित्नेको संख्या २० करोड ११ लाख ३२ हजार ९२० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ लाख ८७ हजार ९३५ जना संक्रमित भएका छन् । योसँगै  विश्वभर संक्रमितको संख्या २२ करोड ४६ लाख ६ हजार ३९५ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८८ लाख ४३ हजार ७८५ छ । यसमध्ये १ लाख ३ हजार ५८३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ९११ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ४६ लाख २९ हजार ६९० पुगेको छ ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।

बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ६८ हजार ८६८ जनामा संक्रमण भएको छ । यस्तै थप १ हजार ७२४ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख ७६ हजार ९६६ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी ब्राजिलमा ५ लाख ८५ हजार ९२३ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३५ हजार संक्रमित देखिन थालेका छन् । भारतमा शनिबार बिहानसम्म ४ लाख ४२ हजार ३५० संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ७ : ३१ बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी