अमेरिकी ट्वीन टावरमा हमलामा भएको २० वर्ष पूरा | Khabarhub Khabarhub

अमेरिकी ट्वीन टावरमा हमलामा भएको २० वर्ष पूरा


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आज सेप्टेम्बर ११ अर्थात् अमेरिकी इतिहासको कालो दिन ।सन् २००१ को सेप्टेम्बर ११ मंगलबार आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चार ओटा आत्मघाती बम हमला गराएको २० वर्ष पूरा भएको छ । सो हमलाले  विश्वलाई नै स्तब्ध पारेको थियो ।

अतिवादीले क्यालिफोर्निया उड्न लागेका चार विमानलाई अपहरण गरी न्यूयोर्क र वासिंगटनका महत्त्वपूर्ण भवनमा जोताएका थिए । दुई विमानलाई विश्व व्यापार केन्द्रको जुम्ल्याहा भवनमा बिस्फोट गराइएको थियो ।

स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेर ४६ मिनेटमा पहिलो टावरमा बिस्फोट गराइएको थियो । १६ मिनेटपछि दोस्रो टावरमा ठोक्काइएको थियो ।  बिस्फोटपछि टावरमा दुई घन्टासम्म आागो लागेको थियो । एक सय दश तले दुवै भवन ढलेर खरानी भएका थिए ।

नौ बजेर ३७ मिनेटमा तेस्रो विमानलाई अमेरिकी रक्षा मन्त्रालय रहेको भवन पेन्टागनमा जोतिएको थियो भने वासिंगटनतर्फ बढिरहेको अर्को विमान पेन्सालभेनियाको आकाशमा बिस्फोट भएको थियो । अपहरणकारी र यात्रुबीच विमानभित्र भनाभन हुँदा विमान आकाशमै बिस्फोट भएको थियो ।

ती सबै हमलामा १९ आक्रमणकारीसहित करिब ३ हजार जनाको मृत्यु भएको थियो । आक्रमणमा अर्बौ डलर क्षति भएको थियो ।

ओसामा बिन लादेनको नेतृत्वको  अतिवादी सञ्जाल अलकायदाले सो हमला गरेको थियो । आक्रमणमा संलग्न अन्य १५ जना साउद अरबका थिए भने दुई जना यूएई, एक जना इजिप्सेली र अर्का लेबनानका थिए ।

हमलाको तीन सातापछि अमेरिकाले अफगानिस्तानमा आक्रमण सुरु गरेको थियो । बिन लादेनलाई पत्ता लगाउन र अल–कायदाको सञ्जाल ध्वस्त पार्न भन्दै तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुस  प्रशासननले अफगानिस्तानमा आक्रमण सुरु गरेका थियो । आक्रमणकारीलाई अफगानिस्तानले संरक्षण गरेको अमेरिकी आरोप थियो । अमेरिकी आक्रमणपछि तालिवान सत्ताच्युत भएको थियो ।

अमेरिकी नेतृत्वको सो हमलामा अन्तर्राष्ट्रिय गठबन्धन सेनाले सहयोग गरेको थियो । सन् २०११ मा पाकिस्तानमा अमेरिकी सेनाले लादेनलाई मारिदिएको थियो ।

अतिवादीबिरुद्ध को दुई दशक लामो आक्रमणमा अमेरिका रित्तो हात लिएर यही ३१ अगस्टमा स्वदेश फर्किएको छ ।  अमेरिकी सेना स्वदेश फर्किन नपाउदै तालिवानले अफगानिस्तान कब्जा गरेको थियो । अहिले तालिवानले अन्तरिम सरकार घोषणा गरिसकेको छ ।

२० वर्षको लडाइँमा तालिवानसहित अलकायदा आइएस जस्ता अतिवादी समूहका केही नेतालाई निशाना बनाउन सफल भए पनि अमेरिकाले खासै उपलब्धी पाउन सकेन । युद्वमा २४ सय अमेरिकी सेनाको मृत्यु भएको छ  ।  त्यस्तै युद्धमा ६९ हजार अफगानीको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ८ : ३० बजे

भारतीय दूतावासले मनायो हिन्दी दिवस

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले विश्व हिन्दी दिवस मनाएको छ ।

रविलाई धरौटी लिएर छाड्ने न्यायाधीश राईविरुद्ध उजुरी

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा राष्ट्रिय

दल विभाजनसम्बन्धी अध्यादेश आउँछ जस्तो लाग्दैन : राजेन्द्र लिङ्देन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा

‘ममी’को पोस्टरमा प्रियङ्काको हरर लुक्स

काठमाडौं – प्रदर्शन मिति माघ २५ तोकिएको हरर थ्रिलर फिल्म