ट्रकको ठक्करबाट घाइतेको मृत्यु « Khabarhub

ट्रकको ठक्करबाट घाइतेको मृत्यु


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनरूवा- सुनसरीको दुहबी नगरपालिका–८ स्थित सोनापुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिका–८ का ३० वर्षीय सुलभ गिरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

खनारबाट दुहबीतर्फ आउँदै गरेको ना५५प ९९७९ नंको मोटरसाइकललाई उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बिनायक अक्सिजन फ्याक्ट्री छिर्ने क्रममा को१क ३३९५ नंको ट्रकले शुक्रबार ठक्कर दिँदा मोटरसाइकल चालक गिरी गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालक ६० वर्षीय नारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ११ : ४५ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा