सामन्था र नागाको वैवाहिक सम्बन्ध संकटमा « Khabarhub

सामन्था र नागाको वैवाहिक सम्बन्ध संकटमा


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– दक्षिण भारतीय फिल्मकी प्रख्यात अभिनेत्री सामन्था अक्किनेनी र नागार्जुनका छोरा नागा चैतन्यको वैवाहिक सम्बन्ध संकटमा परेको छ । उनीहरुले सन् २०१७ मा विवाह गरेका थिए । यो जोडी दक्षिण भारतीय फिल्मको सुन्दर जोडीका रुपमा चिनिन्छन् ।

केही समयअघिदेखि उनीहरुको वैवाहिक जीवन ठिक ढंगले नचलिरहेको खबर सार्वजनिक भएको थियो । यो जोडीले हालैमात्र म्यारिज काउन्सलरसँग भेटघाट गरेका छन् ।

समाचारअनुसार यो जोडी सम्बन्धविच्छेदको तयारीमा छन् । यसको कारण नागाको सन्तान जन्माउने चाहना रहेको बताइएको छ । नागा सामन्थाले केही समयका लागि फिल्मको काम छोडेर परिवारको संख्या बढाउन भन्ने चाहन्छन् । तर सामन्था भने आफ्नो करियरको उत्कृष्ट समयमा पुगेकाले उनी तत्काल फिल्म छोड्न चाहन्नँन् ।

उनीहरुले आफूहरुबीचको मतभेदलाई समाधान गर्न म्यारिज काउन्सलरसँग भेट गरेको जनाइएको छ । उनीहरुको सम्बन्धविच्छेद हुन लागेको खबर केही समय यता चलिरहे पनि अक्किनेनी परिवारले यो कुराको हालसम्म पुष्टि गरेको छैन ।

विवाह पछि सामन्थाले सामाजिक सञ्जालमा आफ्नो नामको पछाडि अक्किनेनी लेखेकी थिइन् । उनी कैयौंपटक सामाजिक सञ्जालमा नागासँगको तस्वीर राख्छिन् । यद्यपि नागा सामाजिक सञ्जालमा त्यति सक्रिय छैनन् । तर केही समय अघि सामन्थाले सामाजिक सञ्जालबाट अक्किनेनी हटाएपछि उनीहरुको सम्बन्ध बिग्रिएको हुनसक्ने अनुमान लगाइएको थियो ।

नागासँग विवाह हुनुअघि सामन्था ‘रंग दे बसन्ती’ अभिनेता सिद्धार्थसँग प्रेममा थिइन् । उनीहरु विवाहको तयारीमा रहेको बेला अचानक सम्बन्धमा दरार आएको थियो ।

सामन्था सिद्धार्थलाई लिएर निकै गम्भीर थिइन् । तर सम्बन्ध टुटेपछि उनले नागासँग विवाह गरिन् । उनीहरुको विवाह निकै धुमधामका साथ भएको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  १२ : १४ बजे

बैतडीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

बैतडी– बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

टी–२० विश्वकपमा आजदेखि सुपर–८ का खेल हुँदै, न्युजिल्याण्ड र पाकिस्तान भिड्ने

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ का खेल आजदेखि

सर्लाही-४ बलरा नगरपालिकाका पूर्व मेयर अभय सिंह कांग्रेसमा प्रवेश

सर्लाही– सर्लाहीको बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा

एमाले अध्यक्ष ओली आज झापा जाँदै, यस्तो छ कार्यक्रम

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै

आहा रारा गोल्डकप : उपाधिका लागि आज जावलाखेल र सहारा भिड्दै

कास्की– मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा