‘सर्कस’मा मिनाम्मा बन्दै दीपिका « Khabarhub

‘सर्कस’मा मिनाम्मा बन्दै दीपिका


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– बलिउड निर्देशक रोहित सेठ्ठी आफ्नो फिल्म ‘सूर्यवंशी’लाई गत मार्च २४ दर्शकमाझ ल्याउने तयारीमा थिए । तर विश्वव्यापी कोभिड महामारीका कारण उनले रिलिजको योजना पछाडि धकेले । निर्माणको झण्डै डेढ वर्ष बितिसक्दा पनि यो फिल्म रिलिज हुने कुनै छाँटकाट नै देखिएको छैन ।

अहिले रोहित नयाँ फिल्म ‘सर्कस’को तयारीमा व्यस्त छन् । यो फिल्म साहित्यकार विलियम सेक्सपियरको नाटक ‘द कमेडी अफ इरोर्स’को अधिकार लिएर बनाउन लागिएको हो । फिल्ममा रणवीर सिंह, वरुण शर्मा, पुजा हेड्जे र ज्याकुलिन फर्नान्डिज प्रमुख भूमिकामा छन् ।

केही समयअघि फिल्ममा अभिनेत्री दीपिका पादुकोणको पनि अभिनय रहने समाचार सार्वजनिक भएको थियो । उनी एक गीतमा देखिने चर्चा थियो । फिल्म निकट स्रोतका अनुसार फिल्ममा दीपिकालाई फिल्म ‘चेन्नइ एक्सप्रेस’को चरित्र मिनाम्मामा प्रस्तुत गरिनेछ ।

सन् २०१३ मा रोहितकै निर्देशनमा बनेको फिल्म ‘चेन्नइ एक्सप्रेस’मा दीपिकाको चरित्रलाई उनको करियरकै एउटा उत्कृष्ट चरित्रका रुपमा हेर्ने गरिन्छ । दीपिकाको चरित्र अनुसार फिल्ममा उपयुक्त हुने भएकाले उनलाई अभिनय गरानउ लागिएको बताइएको छ ।

फिल्मका व्यापार विश्लेषकका अनुसार रणवीर र दीपिका बलिउडको रुचाइएको जोडी भएकाले पनि फिल्मको कुनै गीत वा एक दृश्यमा दुवैलाई एकैसाथ प्रस्तुत हुनु दर्शकसँगै निर्माताका लागि पनि फाइदाजनक हुनेछ ।

रणवीर र दीपिका क्रिकेटर फिल्म ‘८३’मा देखिँदैछन् । यो फिल्म रणवीरले क्रिकेटर कपिल देव र दीपिकाले उनको श्रीमतिको भूमिका निर्वाह गर्दैछन् ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  १२ : ५६ बजे

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा