एमाले स्थायी कमिटी बैठकमा विधान अधिवेशनबारे छलफल « Khabarhub

एमाले स्थायी कमिटी बैठकमा विधान अधिवेशनबारे छलफल


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठकमा पार्टीको विधान अधिवेशनबारे छलफल भएको छ ।

आजको बैठकमा आउँदो विधान अधिवेशनबारे छलफल भएको नेता योगेश भट्टराईले जानकारी दिए ।

उनले भने, ‘आजको बैठकमा विशेष गरेर आउँदो विधान अधिवेशनका बारेमा छलफल भएको छ । त्यसमा पनि विधान अधिवेशनका प्रतिनिधि को हुने ? विधान अधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनका विषयमा पनि कुराकानी भएको छ ।’

सञ्चारकर्मीसँग कुरा गर्दै उनले विधान अधिवेशनमा पार्टीको राजनीतिक प्रतिवेदन, विधान र संगठनात्मक प्रतिवेदन प्रस्तुत हुने बताए । तीनै प्रतिवेदनका विषयमा पनि बैठकमा छलफल भएको नेता भट्टराईले जानकारी दिए ।

बिहान ९ बजे बोलाइएको बैठक दिउँसो साढे १२ बजे सकिएको थियो। अर्को बैठक आजै दिउँसो साढे ३ बजे बस्ने भट्टराईले बताए।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  १२ : ५६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्