अर्थमन्त्री शर्माले एमसीसी उपाध्यक्षलाई भने : अनुमोदनबारे दलहरुबीच छलफल जारी छ | Khabarhub Khabarhub

अर्थमन्त्री शर्माले एमसीसी उपाध्यक्षलाई भने : अनुमोदनबारे दलहरुबीच छलफल जारी छ


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मासँग शनिबार शिष्टाचार भेट गरेकी छन् ।

सो भेटका अवसरमा फातिमाले एमसीसी कम्प्याक्ट छिटो अनुमोदन गर्न आग्रह गरेको अर्थमन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार फातिमाले २०१७ मा हस्ताक्षर भएको सो एमसीसी कम्प्याक्ट कार्यान्वयनका लागि छिटो संसदबाट अनुमोदन गर्नुपर्ने बताएकी थिइन् ।

जवाफमा अर्थमन्त्री शर्माले यो सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा राजनीतिक दलहरुसँग छलफल भइरहेको बताएका छन् ।

अर्थमन्त्रालयले केही दिन अगाडि एमसीसी कम्प्याक्टबारे एमसीसीलाई लिखित ११ वटा प्रश्न सोधेको थियो । एमसीसीले पनि ती प्रश्नको उत्तर लिखित रुपमै दिइसकेको छ ।

उपाध्यक्ष फातिमा गत बिहीबार ४ दिने नेपाल भ्रमणका लागि काठमाडौँ आएकी थिइन् ।

काठमाडौँमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका संघीय परिषद् संयोजक डा बाबुराम भट्टराई तथा अध्यक्ष उपेन्द्र यादवसँग भेट गरिसकेकी छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ४ : ३५ बजे

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार भारी वर्षा

काठमाडौं – बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ प्रभाव बढ्दै

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन

म्याग्दी– सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटका इन्द्रप्रसाद

काठमाडौं महानगरले भन्यो : सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्नू

काठमाडौं – काठमाडौं महानगरपालिकाले सूचना सार्वजनिक गर्दै सात दिनभित्र अतिक्रमित

झिसमिसेदेखि साँझ अबेरसम्म काममा भेटिने श्रमिक अधिकृत ‘दर्जी’

हेटौँडा– बिहानको झिसमिसे उज्यालोमा  बागमती गाउँपालिकाको केन्द्रतर्फको बाटोमा केही मानिसहरू