राष्ट्रपति बाइडेनद्वारा ९/११ को आक्रमणमा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त « Khabarhub

राष्ट्रपति बाइडेनद्वारा ९/११ को आक्रमणमा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी राष्ट्रपति जो बाइडेनले ९/११ को आतङ्कवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । राष्ट्रपति बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त हमलापछि त्रास र आतङ्ककाविरुद्ध सृजनामा भएको एकता र सहकार्यको भावनालाई पुनः जागृत गराउन आह्वान गरेका छन् ।

आजभन्दा ठीक २० वर्ष पहिले अमेरिकाले बेहोरेको कुख्यात र अत्यन्त दर्दनाक आतङ्कवादी हमलाको बेला बाइडेन सिनेटेर थिए भने अहिले देशको सर्वोच्च नेतृत्वमा छन् ।
राष्ट्रपति बाइडेनले उक्त हमलामा विमानहरू दुर्घटना गराइएको तीन स्थानमा श्रद्धाञ्जलि र सम्मान अर्पण गर्ने तय भएको थियो तर उनले बीचमै सम्बोधन छोट्याएर अरुलाई कार्यक्रम हस्तान्तरण गरेका थिए ।

यसैबीच शुक्रवार अबेर ह्वाइट हाउसले बाइडेनको रेकर्डेट भाषण जारी गर्दै वास्तविक मूल्यको राष्ट्रिय एकता र बहादुरीको पक्षमा रहन सबैमा आह्वान गरेका छन् ।
उक्त कुख्यात छटनापछि राष्ट्रिय एकता र बहादुरी सबै अपेक्षित र अनपेक्षित स्थानमा उत्तिकै महत्त्वपूर्ण रहेको बताएका छन् । राष्ट्रतपि बाइडेनले उक्त घटनापछि आफूले सिकेको सबैभन्दा ठूलो पाठ ‘एकता नै ठूलो शक्ति हो’ भनेका छन्

शुक्रवार राति राष्ट्रपति बाइडेन ९/११को घटनाको स्मरणमा न्युयोर्क पुगेका थिए । त्यहाँको आकाशमा बत्तिहरू दुःख व्यक्त गर्ने किसिमले सजाइएका थिए । उक्त अवसरमा जुम्ल्याहा ट्रेड टावरहरू त्रस्त देखिएको दृष्य टेलिभिजनमा देखाइएका थिए। एपी

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ८ : ५५ बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा