इन्द्रजात्रा व्यवस्थापनमा खटिनेहरूलाई दिइयो कोरोनाविरुद्धको खोप « Khabarhub

इन्द्रजात्रा व्यवस्थापनमा खटिनेहरूलाई दिइयो कोरोनाविरुद्धको खोप


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्द्र जात्राको व्यवस्थापनमा खटिने तीन सय जनालाई काठमाडौँ महानगरपालिकाले कोभिडविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा दिएको छ । काठमाडौँको मजिपाटस्थित लाखे ननीमा खोप कार्यक्रम चलाइएको हो ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महामारीबाट आफू बचेर परम्परा बचाउने उद्देश्यका साथ खोप अभियान चलाइएको बताए । ‘विश्वव्यापी महामारीलाई कम ठान्नु हुँदैन । अर्कोतिर हामीले पुस्तौंदेखि मनाउँदै आएका पर्वहरूलाई नियमित गर्नुपर्ने छु, उनले भने ।

खोपसहित जात्रा सञ्चालनका लागि मास्क, पञ्जा, स्यानिटाइजरलगायत स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराइने उनले बताए ।

महानगरको कार्य प्रसंसा योग्य रहेको बताउँदै इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तम शाक्यले खुशी व्यक्त गरे ।

यस वर्ष इन्द्रजात्राका कार्यक्रम सुरु भइसकेका छन् । भदौ २३ गते बिहान १० बजेर ५२ मिनेटमा बनयात्रा सुरु गरिएको थियो । त्यसै दिन बेलुका ७ बजेर २७ मिनेटको साइतमा इन्द्रध्वजका रुपमा गाडिने लिङ्गोका लागि रुख काटिसकिएको छ ।

भदौ २९ गते मंगलबार बिहान १० बजेर ३४ मिनेटको साइतमा लिङ्गोलाई नगर प्रवेश गराइनेछ । असोज २ गते शनिबार विहान ६ बजेर ५१ मिनेटको साइतमा इन्द्रध्वज उत्थान हुनेछ । त्यसको भोलिपल्ट असोज ३ गते कुमारी रथयात्रा सुरु हुनेछ । त्यस दिन बसन्तपुरको तल्लो टोल र असोज ४ गते माथिल्लो टोलमा रथ यात्रा हुनेछ । ८ गते नानिचा यात्रा हुनेछ । त्यसैदिन राति १० बजेर ५६ मिनेटको साइतमा इन्द्रध्वज पतन हुनेछ । यसपछि जात्रा सकिनेछ ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  १० : ०५ बजे

निर्वाचन प्रहरी भर्ना : तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

बागलुङ– बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीन पटक म्याद थप

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौं– प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता, उपलब्धि

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं– डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा पुस्तक

ओलीको टिप्पणीमा गोकुलको जवाफ : पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन 

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

बैतडी– भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध