कांग्रेस सहमहामन्त्री डा महतद्वारा रुक्मशमशेरको निधनप्रति दुःख व्यक्त « Khabarhub

कांग्रेस सहमहामन्त्री डा महतद्वारा रुक्मशमशेरको निधनप्रति दुःख व्यक्त


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य सचिव एवं पूर्वसांसद रुक्मशमशेर राणाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सहमहामन्त्री डा महतले शनिबार एक शोक विज्ञप्ति जारी गरी कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री सुवर्णशमशेर राणाको कनिष्ट सुपुत्र रुक्मशमशेरको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

“राणाको असामयिक निधनको खबरले मलाई स्तब्ध बनाएको छ, यस दुःखद घडीमा दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु”, सहमहामन्त्री डा महतद्वारा जारी शोक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सहमहामन्त्री डा महतले योग्य पिताका सुयोग्य सुपुत्रको रुपमा रुक्मशमशेर राणाले नेपालको लोकतान्त्रिक आन्दोलन, आर्थिक एवं औद्योगिक विकास, कूटनीतिक क्षेत्र तथा खेलकुदको विकासमा पुर्याउनुभएको योगदान अतुलनीय एवं अविस्मरणीय रहेको बताएका छन् । डा महतले स्व राणाको योगदानले नेपाली समाज र नेपाली कांग्रेसका कार्यकर्तालाई सधैँभर प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  १० : २० बजे

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

भन्सार छलीका ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ

भोजपुरकाे भुल्केमा पानीको समस्या अन्त्य

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको