वायु प्रदुषणले पार्ने असर र बच्ने उपाय « Khabarhub

वायु प्रदुषणले पार्ने असर र बच्ने उपाय


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्ला केही वर्ष यता देशको राजधानी काठमाडौंसहित देशका प्रमुख शहरमा वायु प्रदुषण बढ्दै गएको छ । जसका कारण विभिन्न रोग र संक्रमणको जोखिम समेत बढेको छ ।

वायु प्रदुषण बढ्दा बाहिर निस्कदा सास फेर्न गाह्रो हुने, रुघाखोकी लाग्ने, आँखा पोल्नेलगायतका समस्या देखा पर्दछन् । यस्तोमा बाहिर निस्कदा अनिवार्य मास्क लगाउने तथा बिना काम बाहिर निस्कनु हुदैँन ।

किन हुन्छ वायु प्रदुषण ?

– सवारी साधनको अत्याधिक प्रयोग गर्दा

– फोहोरमैला जथाभावी फाल्दा

– कलकारखाना नजिकै मानव बस्ती हुँदा

– पुराना सवारी साधन विस्थापित गर्न नसक्दा

– किटनाशक औषधिको प्रयोग गर्दा

– धुँवाधुलोलाई नियन्त्रण गर्न नसक्दा

– बढ्दो शहरीकरण

–  आगलागीका घटना बढ्दा

स्वास्थ्यमा पार्ने असरहरू

– एलर्जी

– रुघाखोकी

– श्वासप्रश्वास सम्बन्धी संक्रमण

– फोक्सोमा असर

– आँखामा असर

– निमोनिया

– घाँटीको क्यान्सर आदि

बच्ने उपाय

– विद्युत शक्ति र सौर्य उर्जाको प्रयोगमा विशेष दिने

– कलकारखाना तथा उद्योगभन्दा मानव बस्तीबाट टाढा राख्ने

– ढल निकासको उचित व्यवस्था गर्ने

– मानव वस्ती वरीवपरी धुँवाजन्य पदार्थहरु नजलाउने

– व्यवस्थित शहरीकरणको विकास गर्ने

– खोला, नाला, नदी ताल, सडकको गल्ली आदिमा फोहोरमैला नफाल्ने

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ६ : ४० बजे

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि