फ्रान्सका पूर्वप्रधानमन्त्रीले खोले नयाँ राजनीतिक दल « Khabarhub

फ्रान्सका पूर्वप्रधानमन्त्रीले खोले नयाँ राजनीतिक दल


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फ्रान्सका पूर्वप्रधानमन्त्री एडुआर्ड फिलिपले नयाँ राजनीतिक पार्टीको खोलेका छन् ।

पूर्वप्रधानमन्त्री फिलिपले  हाभ्रेमा नयाँ पार्टी बारे जानकारी दिदै भने, ‘हामीले बनाएको पार्टीको नाम होराइजन्सको हो । टाढा-टाढासम्म देख्नका लागि  र राम्रो काम गर्नका  यो आवश्यक छ ।’

फिलिप हाभ्रेका पूर्वमेयर समेत हुन् । आफ्नो पार्टीको रणनीतिक लक्ष्यका बारेमा प्रष्ट पार्दै फिलिपले भने- देशको दीर्घकालीन रणनीति र विकासको लक्ष्यका निम्ति टाढा-टाढासम्म देख्नसक्नुपर्छ ।

‘तपाइँले टाढा हेर्नुपर्छ, किनकि यदि तपाइँ साँच्चै देशको रणनीतिका बारेमा सोच्न चाहानुहुन्छ भने २०५० सम्ममा तपाइँ आफ्नो अगाडि मात्र होइन टाढा-टाढा सम्म हेर्नुहोस्,’ नेता फिलिपले भने ।

उनले आफ्ना समर्थकहरूलाई नयाँ राजनीतिक विकल्पको निर्माणमा भाग लिनका लागि समेत आह्वान गर्दै देशलाई माया गर्न र समुन्नत बनाउँन समेत आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्रीले फिलिपले आगामी राष्ट्रपति चुनावमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई समर्थन गर्ने बताएका छन् ।  नेता फिलिपले २०२२ निर्वाचनमा राष्ट्रपति इमानुएल म्याक्रोनलाई पुनः निर्वाचित  गराउँन आफू प्रतिबद्ध रहेको समेत बताए ।

होराइजन्स पार्टी अर्को चुनावका लागि तयार हुनेछ र नेता फिलिपलाई सन् २०२७ को चुनावमा राष्ट्रपतिको उमेद्वार बनाउनेछ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ७ : ०५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना