फ्रान्सका पूर्वप्रधानमन्त्रीले खोले नयाँ राजनीतिक दल « Khabarhub

फ्रान्सका पूर्वप्रधानमन्त्रीले खोले नयाँ राजनीतिक दल


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फ्रान्सका पूर्वप्रधानमन्त्री एडुआर्ड फिलिपले नयाँ राजनीतिक पार्टीको खोलेका छन् ।

पूर्वप्रधानमन्त्री फिलिपले  हाभ्रेमा नयाँ पार्टी बारे जानकारी दिदै भने, ‘हामीले बनाएको पार्टीको नाम होराइजन्सको हो । टाढा-टाढासम्म देख्नका लागि  र राम्रो काम गर्नका  यो आवश्यक छ ।’

फिलिप हाभ्रेका पूर्वमेयर समेत हुन् । आफ्नो पार्टीको रणनीतिक लक्ष्यका बारेमा प्रष्ट पार्दै फिलिपले भने- देशको दीर्घकालीन रणनीति र विकासको लक्ष्यका निम्ति टाढा-टाढासम्म देख्नसक्नुपर्छ ।

‘तपाइँले टाढा हेर्नुपर्छ, किनकि यदि तपाइँ साँच्चै देशको रणनीतिका बारेमा सोच्न चाहानुहुन्छ भने २०५० सम्ममा तपाइँ आफ्नो अगाडि मात्र होइन टाढा-टाढा सम्म हेर्नुहोस्,’ नेता फिलिपले भने ।

उनले आफ्ना समर्थकहरूलाई नयाँ राजनीतिक विकल्पको निर्माणमा भाग लिनका लागि समेत आह्वान गर्दै देशलाई माया गर्न र समुन्नत बनाउँन समेत आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्रीले फिलिपले आगामी राष्ट्रपति चुनावमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई समर्थन गर्ने बताएका छन् ।  नेता फिलिपले २०२२ निर्वाचनमा राष्ट्रपति इमानुएल म्याक्रोनलाई पुनः निर्वाचित  गराउँन आफू प्रतिबद्ध रहेको समेत बताए ।

होराइजन्स पार्टी अर्को चुनावका लागि तयार हुनेछ र नेता फिलिपलाई सन् २०२७ को चुनावमा राष्ट्रपतिको उमेद्वार बनाउनेछ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ७ : ०५ बजे

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये