चेन्नई सुपर किंग्स आईपीएलको फाइनलमा « Khabarhub

चेन्नई सुपर किंग्स आईपीएलको फाइनलमा


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चेन्नई सुपर किङ्स आईपीएल टी-ट्वान्टी क्रिकेटको फाइनलमा पुगेको छ ।

दुबईमा आइतबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै चेन्नई फाइनल पुगेको हो ।

दिल्लीले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रोबिन उथप्पाले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान महेन्द्र सिंह धोनीले अविजित १८ रन जोड्दा मोइन अलीले १६ रन बनाए ।

दिल्लीका टम करणले ३ विकेट लिए । एन्रिच नोर्किया र अभेस खानले एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।

दिल्लीका लागि पृथ्वी शले ६० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान ऋषव पन्तले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले। शिम्रन हिटमायरले ३७ रन जोड्दा अक्षर पटेलले १० रन जोडे । शिखर धवन ७ रनमा आउट भए ।

चेन्नईका जोस हाजलउडले २ विकेट लिए । रविन्द्र जडेजा, मोइन अलि र ड्वाने ब्राभोले १/१ विकेट लिए ।

दिल्लीले अब फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल खेल्नेछ ।

एलिमिनेटरमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ६ : ४५ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष