गान्धीले प्राप्त गरेको जित : प्रेरक प्रसङ्ग « Khabarhub

गान्धीले प्राप्त गरेको जित : प्रेरक प्रसङ्ग


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चम्पारणमा गोराहरुले भारतीय मानिसलाई धेरै सताउने गर्थे । गान्धी यो कुरा जाँच गर्नको लागि त्यहाँ गए । उनी त्यहाँ पुगेपछि जनताको साहस बढ्यो ।

यो कुराले गोरा धेरै चिन्तित भए । उनीहरु अहिलेसम्म मनोमानी गरिरहेका थिए । कोही पनि उनीहरुतिर औँला उठाउन सक्दैनथे । तर गान्धी त्यहाँ गएर तहल्का मच्चाए । गोरा रिसले चूर भए ।

एक दिन मानिसहरुले आएर आफूलाई भने रोग उनलाई मार्न चाहन्छन्, उनीहरुले यसको लागि एउटा मानिस पनि नियुक्त गरेका छन् ।

बापूले सबै कुरा ध्यानले सुने र एक दिन एक्लै त्यो गोराको घरमा गए । जसले उनलाई मार्ने योजना बनाएको थियो । रातको समय थियो र उनी एक्लै थिए । गोराले उनलाई देखे र सोधे, तिमी को हौ ?

गान्धी, गान्धीले जवाफ दिए ।

यो सुनेर गोरा छक्क परे ।

हो, म गान्धी हुँ । मैले सुनेको तिमी मलाई मार्न चाहन्छौ रे ? तिमीले मलाई मार्नको लागि एउटा मानिस पनि नियुक्त गरेका छौ रे !

गोरा चुपचाप भयो । उसलाई सपना देखेझैँ लाग्यो । गान्धी बोल्दै गए, मैले यो कुरा कसैलाई भनेको छैन । म एक्लै यहाँ आएको छु । तिमीले मलाई मार्न सक्छौ ।

गोराको आश्चर्यको सीमा रहेन । डरलाई यसरी जित्ने मानिस उसले पहिला कहिल्यै देखेको थिएन ।

साभार : प्रेरक प्रसङ्हरुपुस्तकबाट

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ६ : ५६ बजे

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार

भोजपुर– हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको