पाँच महिना पछि खुले म्याग्दीका अवरुद्ध ग्रामीण सडक « Khabarhub

पाँच महिना पछि खुले म्याग्दीका अवरुद्ध ग्रामीण सडक


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर- बाढी र पहिरोका कारण जेठको दोस्रो सातादेखि अवरुद्ध भएका म्याग्दीका ग्रामीण सडक पाँच महिना पछि बल्ल खुल्न थालेका छन् ।

वर्षा सुरु भएसँगै बाढी पहिरोका कारणले  यहाँका सबै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भएका थिए । त्यसयता पटकपटक पहिरो पन्छाउँदै केही दिन सडक खुलेका भए पनि लामो समय चल्न सकेका थिएनन् ।

यहाँका स्थानीय तहले सडक खुलाउने प्रयास गरे पनि लगातार भइरहेको वर्षाले पटकपटक अवरुद्ध हुँदै आएका सडक वर्षा रोकिएपछि  दसैँको मुखैमा बल्ल खुल्न थालेका हुन् ।

स्थानीय तहले डोजर, स्काभेटरको प्रयोग गरेर सडक खुलाएको हो । वर्षाका कारण अवरुद्ध बनेका ग्रामीण सडक दसैँ, तिहारजस्ता चाडपर्व नजिकिएसँगै पालिकाले खुलाउन थालेको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए । नगरपालिकाका सबै वडामा पुग्ने सडक अहिले सञ्चालनमा आउन थालेको बेनी नगरपालिकाले जनाएको छ ।

पश्चिम म्याग्दीको मालिका र धौलागिरि गाउँपालिकाले चाडपर्व मान्न गाउँ फर्केका  नागरिकलाई सहज बनाउने उद्देश्यले अवरुद्ध सडक खुलाउन थालेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । रघुगङ्गा गाउँपालिकाले पनि पनि सबै ग्रामीण सडक सञ्चालन गर्न थालेको छ ।

‘केही दिनयता ग्रामीण सडक खुलाउने काम तीव्र गतिमा भइरहेको छ, दसैँमा घर जान नागरिकलाई कुनै दुःख हुँदैन’, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

अवरुद्ध भएका ग्रामीण सडकसँगै बेनी–दरबाङ सडकखण्डमा  पनि कुनै समस्या नभएको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । गाउँ आउने यात्रुलाई सहज हुने गरी सडक खुलाइएको उहाँको भनाइ छ । कठिन भूगोल भएका धौलागिरि, मालिका र मङ्गला गाउँपालिकाका प्रायः सबै सडक सञ्चालनमा आइसकेका स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिकाभित्रका सडक पनि सञ्चालनमा आउन थालेका गाउँपालिकाका प्रवक्ता तथा वडा नं ६ का वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए । पालिकाभित्र पर्ने सबै सडकमा गाडी गुड्ने गरी काम भइरहेको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

उता बेनी–जोमसोम सडकखण्ड पनि केही दिनयता नियमितरुपमा सञ्चालनमा छ । अघिल्लो साता काभ्रेभिर पहिरो गएपछि तीन दिनसम्म सडक अवरुद्ध भएको थियो । त्यहाँको सडक मर्मत गरेर यातायात सञ्चालन गरिएसँगै अहिले सो सडकखण्डमा कुनै समस्या नभएको स्थानीय पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिए ।

त्यसैगरी बेनी–रत्नेचौर–बागलु, बागलु–रत्नेचौर–भकुण्डे, बेनी–मालढुङ्गा, बेनी–लभ्लीहिल–भकुण्डे, बेनी–बगरफाँट–बरङ्जा, बेनी–पुलाचौरलगायतका सडक पनि सञ्चालनमा आएका स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  १० : १५ बजे

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

चितवन– गत भदौमा भएको जेन-जी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट

अनपेक्षित थिएन कप्तानगञ्ज घटना, कहाँ चुक्यो सुरक्षा संयन्त्र ?

काठमाडौं– सुनसरी जिल्लाको सुदूर दक्षिणी भेगमा धेरै गञ्जहरू छन् ।

डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा

काठमाडौं– सरकारद्वारा जारी गरिएको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

काठमाडौं–  राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय