श्रीदेवको नेतृत्वमा नेशनल डेल्फिक काउन्सिल नेपाल गठन | Khabarhub Khabarhub

श्रीदेवको नेतृत्वमा नेशनल डेल्फिक काउन्सिल नेपाल गठन


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कला, संस्कृतिमा आधारित खेलकुद तथा कलाका विभिन्न विधाहरुलाई विश्वमाझ चिनाउने प्लेटफर्मको रुपमा अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलको नेपाल च्याप्टर नेशनल डेल्फिक काउन्सिल नेपाल स्थापना भएको छ । राजधानीमा आइतबार आयोजित कार्यक्रममा श्रीदेव बिएलको नेतृत्वमा काउन्सिलको नेपाल कार्यसमिति गठन भएको हो ।

संस्थाको उपाध्यक्षमा जिवनकुमार पराजुली, महासचिवमा नरेशध्वज श्रेष्ठ, सचिवमा सूर्यबहादुर रासकोटी, कोषाध्यक्षमा सवेरा नकर्मी श्रेष्ठ, सदस्यहरुमा शारदा खड्का अर्याल र दीपक विष्ट गौली रहेका छन् । त्यस्तै, सल्लाहकारमा संस्कृतिविद् बदनलाल न्याछोर, पर्यटनविद् तथा नेपाल पर्यटन बोर्डका पूर्व निर्देशक कृष्णकुमार अर्याल, नेपाल पर्यटन बोर्डका पूर्व सिइओ दीपकराज जोशी, अधिवक्ता सर्वज्ञराज नायो, कानुनी सल्लाहकारमा आशिष शर्मा रहेका छन् ।

संस्थाको जर्मनीको बर्लिनमाको मुख्यालय रहेको छ । यसका संस्थापक तथा सेक्रेटरी जनरल क्रिष्टियन बि. कर्ष हुन् । कर्षले सोह्र सय वर्षदेखि शुन्य अवस्थामा रहेको डेल्फिक काउन्सिललाई तीस वर्ष अगाडी पुनः सुचारु गरेको तथा तीस वर्षमा नेपालसम्म आईपुगेकोमा खुशी व्यक्त गरे ।

संस्थाले शताब्दी पुरुष तथा संस्कृतिविद सत्यमोहन जोशीलाई विशिष्ठ मानार्थ सदस्यता प्रदान गरेको छ । त्यस्तै नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्द, हास्यसाम्राज्ञी वसुन्धरा भुषाल, अभिनेत्रीहरु मिथिला शर्मा, शर्मिला मल्ल र सूर्यमाला खनाल, अभिनेताहरु शिव श्रेष्ठ, भुवन केसी, धिरेन शाक्य, सरोज खनाल र कृष्ण मल्ल, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्देशक मोहन निरौला, चित्रकार जया शर्मा, जात्रा तथा संस्कृतिविद् मनोज नेवा र उपन्यासकार निजिरोष श्रेष्ठलाई मानार्थ सदस्यता प्रदान गरेको छ । काउन्सिलको सद्भावना दुतको रुपमा कलाकार क्याप्टेन विजय लामा नियुक्त गरेको छ ।

अध्यक्ष श्रीदेवले विश्वमाझ नेपालको कला, संस्कृतिका ६ विधालाई प्रस्तुत गर्ने साझा प्लेटफर्मको रुपमा नेशनल डेल्फिक काउन्सिल नेपाल स्थापना भएको बताए । उनले हरेक चार वर्षमा अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलले संसारका विभिन्न देशमा आयोजना गर्ने ‘वल्र्ड कन्भेन्सन’ मा नेपालको प्रतिनिधित्व गर्दै काउन्सिलले नेपालको कला, संस्कृतिलाई प्रस्तुत गर्ने उल्लेख गरे । उनका अनुसार, नेपालसहित यो काउन्सिलको १ सय ४७ देशमा स्थापना भइसकेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  १० : ५८ बजे

बुटवल उपमहानगर पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

काठमाडौं– बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ

नहरमा डुबेर कैलालीका एक युवक बेपत्ता

धनगढी– नहरमा डुबेर कैलालीमा एक युवक बेपत्ता भएका छन् ।

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

विराटनगर– कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका

कांग्रेसको एकपक्षीय अडानका कारण संसदीय समिति गठन हुन सकेन : मनिष झा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले कांग्रेसको एकपक्षीय अडानका

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा