श्रीदेवको नेतृत्वमा नेशनल डेल्फिक काउन्सिल नेपाल गठन « Khabarhub

श्रीदेवको नेतृत्वमा नेशनल डेल्फिक काउन्सिल नेपाल गठन


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कला, संस्कृतिमा आधारित खेलकुद तथा कलाका विभिन्न विधाहरुलाई विश्वमाझ चिनाउने प्लेटफर्मको रुपमा अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलको नेपाल च्याप्टर नेशनल डेल्फिक काउन्सिल नेपाल स्थापना भएको छ । राजधानीमा आइतबार आयोजित कार्यक्रममा श्रीदेव बिएलको नेतृत्वमा काउन्सिलको नेपाल कार्यसमिति गठन भएको हो ।

संस्थाको उपाध्यक्षमा जिवनकुमार पराजुली, महासचिवमा नरेशध्वज श्रेष्ठ, सचिवमा सूर्यबहादुर रासकोटी, कोषाध्यक्षमा सवेरा नकर्मी श्रेष्ठ, सदस्यहरुमा शारदा खड्का अर्याल र दीपक विष्ट गौली रहेका छन् । त्यस्तै, सल्लाहकारमा संस्कृतिविद् बदनलाल न्याछोर, पर्यटनविद् तथा नेपाल पर्यटन बोर्डका पूर्व निर्देशक कृष्णकुमार अर्याल, नेपाल पर्यटन बोर्डका पूर्व सिइओ दीपकराज जोशी, अधिवक्ता सर्वज्ञराज नायो, कानुनी सल्लाहकारमा आशिष शर्मा रहेका छन् ।

संस्थाको जर्मनीको बर्लिनमाको मुख्यालय रहेको छ । यसका संस्थापक तथा सेक्रेटरी जनरल क्रिष्टियन बि. कर्ष हुन् । कर्षले सोह्र सय वर्षदेखि शुन्य अवस्थामा रहेको डेल्फिक काउन्सिललाई तीस वर्ष अगाडी पुनः सुचारु गरेको तथा तीस वर्षमा नेपालसम्म आईपुगेकोमा खुशी व्यक्त गरे ।

संस्थाले शताब्दी पुरुष तथा संस्कृतिविद सत्यमोहन जोशीलाई विशिष्ठ मानार्थ सदस्यता प्रदान गरेको छ । त्यस्तै नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्द, हास्यसाम्राज्ञी वसुन्धरा भुषाल, अभिनेत्रीहरु मिथिला शर्मा, शर्मिला मल्ल र सूर्यमाला खनाल, अभिनेताहरु शिव श्रेष्ठ, भुवन केसी, धिरेन शाक्य, सरोज खनाल र कृष्ण मल्ल, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्देशक मोहन निरौला, चित्रकार जया शर्मा, जात्रा तथा संस्कृतिविद् मनोज नेवा र उपन्यासकार निजिरोष श्रेष्ठलाई मानार्थ सदस्यता प्रदान गरेको छ । काउन्सिलको सद्भावना दुतको रुपमा कलाकार क्याप्टेन विजय लामा नियुक्त गरेको छ ।

अध्यक्ष श्रीदेवले विश्वमाझ नेपालको कला, संस्कृतिका ६ विधालाई प्रस्तुत गर्ने साझा प्लेटफर्मको रुपमा नेशनल डेल्फिक काउन्सिल नेपाल स्थापना भएको बताए । उनले हरेक चार वर्षमा अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलले संसारका विभिन्न देशमा आयोजना गर्ने ‘वल्र्ड कन्भेन्सन’ मा नेपालको प्रतिनिधित्व गर्दै काउन्सिलले नेपालको कला, संस्कृतिलाई प्रस्तुत गर्ने उल्लेख गरे । उनका अनुसार, नेपालसहित यो काउन्सिलको १ सय ४७ देशमा स्थापना भइसकेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  १० : ५८ बजे

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार