स्वरामाथि साइबर यौन उत्पीडन « Khabarhub

स्वरामाथि साइबर यौन उत्पीडन


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेत्री स्वरा भास्करले दिल्लीको वसन्त कुञ्ज नर्थ थानामा एफआईआर दर्ता गराएकी छन् । उनले ट्वीटर र युट्युबमा सक्रिय एक व्यक्तिले स्वराको फिल्मको एक दृश्य सामाजिक सञ्जालमा राख्दै आफ्नो पहिचान खराब बनाएको आरोप लगाएकी छन् । प्रहरीले आइटी एक्ट र एक अन्य धारा अनुसार निवेदन दर्ता गरेर छानविन सुरु गरेको छ ।

यो मुद्धा आपीसीको धारा ३५४ डी, ५०९(शब्द, हाउभाउ या कुनै महिलालाई अपमान गर्ने मनसाय) र आइटी एक्टको धारा ६७(विद्युत्तीय माध्यमबाट अश्लील सामाग्री प्रकाशन या प्रसारण गर्दाको सजाय)का अनुसार दर्ता गरिएको छ ।

केही दिन अघि फिल्म ‘वीरे दी वेडिङ’को मास्टरबेशनवाला दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो । स्वराको यही विषयमा आपत्ति हो ।

‘मेरा साथीहरु यो साइबर यौन उत्पीडन हो । सार्वजनिक क्षेत्रमा महिलाले सामना गर्नुपर्ने चुनौतिको बारेमा आउनुहोस् छलफल गरौं । प्रिय ट्वीटर आउनुहोस् कुरा गरौं कि कसरी तपाईंको प्लेटफर्म महिलाका लागि सुरक्षित बनाउन सकिन्छ ?’, स्वराले ट्वीट गरेकी छन् ।

स्वरा प्रायः सामाजिक सञ्जालमा ट्रोलर्सको निशानामा परिरहन्छिन् । कहिले उनी आफ्नो गृहप्रवेशको तस्वीरलाई लिएर त कहिले कुनै फिल्मको दृश्यलाई लिएर ट्रोल बन्छिन् ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ११ : ५० बजे

कालिञ्चोकमा अझै हिउँ परेन (तस्बिरहरू)

दोलखा – जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा फागुन पहिलो

गायक कृष्ण बिकको होरीमा राजेश हमाल र उषा खड्कीको अभिनय

काठमाडौं – गायक कृष्ण बिक र गायिका समिक्षा अधिकारीको स्वर

मिचेल मार्श चम्केपछि ओमानमाथि अस्ट्रेलियाको शानदार जित

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा

बैतडीमा एक जना निर्वाचन प्रहरीको मृत्यु

बैतडी – बैतडीमा एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ

नेसनल बास्केटबल लिग फागुन २६ गतेदेखि हुने

काठमाडौं – नेपाल बास्केटबल सङ्घ (नेबा)को आयोजनामा हिमालयन जाभा नेसनल