ग्लोबल आइएमई बैंकले १३.५ प्रतिशत लाभांश दिने « Khabarhub

ग्लोबल आइएमई बैंकले १३.५ प्रतिशत लाभांश दिने


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७७/७८ मा आफ्ना शेयरधनीहरुलाई १३.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

बैंक संचालक समितिको मिति २०७८/०६/२५ को ३९३ औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको १५ औँ वार्षिक साधारणसभाको स्वीकृति पश्चात आर्थिक वर्ष२०७७/०७८ को वितरण योग्य मुनाफा समेतबाट आफ्ना शेयरधनीहरुलाई रु. २ अर्र्ब ९२ करोड बराबरको १३.५ प्रतिशत लाभांश (बोनश शेयर १० प्रतिशत र नगद लाभांश ३.५० प्रतिशत) वितरण गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६३ करोड रुपैँया रहेकोमा प्रस्तावित १० प्रतिशत वोनस शेयर वितरण पश्चात चुक्ता पुंजी रु. २३ अर्ब ७९ करोड पुग्ने छ । त्यस्तै, नगद लाभांश वितरण पश्चात बैंकको कूल पुंजीकोष रु. ३६ अर्ब ९२ करोड रहने छ । देशमा संचालित कुनै पनि वाणिज्य बैंकहरु भन्दा यो पुंजीकोष अत्यधिक रहेको छ ।

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष२०७७/७८ मा ४ अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । १० प्रतिशत बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्ने छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आएको छ । बैंकले भारत, अष्ट्रेलिया र बेलायतमा प्रतिनिधि कार्यालय खोली बैकिङ्ग कारोबर गर्दै आएको छ ।

कूल २७७ अर्ब निक्षेप तथा २६५ अर्ब कर्जा लगानी रहेको बैंकको हाल ७६ जिल्लामा फैलिएका २८० शाखाहरु, ४७ राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५० एटिएम, तथा २५७ शाखा रहित बैंकिङ्ग सेवा तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ३ : ५० बजे

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित

अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः आईजीपी अर्याल

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले

आइएसका उच्च सदस्यसहित कुख्यात युरोपेली अपराधीलाई सिरियाबाट इराकमा स्थान्तरण

बग्दाद – यो हप्ता सिरियाबाट इराकमा स्थानान्तरण गरिएको इस्लामिक स्टेट