भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना « Khabarhub

भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना


२६ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विस्केट जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।  

बिहीबार भक्तपुरको पाँचतले मन्दिरमा श्री नासः हैःमा बाजा समूहले मौलिक सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । 

पाँचतले मन्दिरका प्रत्येक तल्ला र परिसरमा रहेर उनीहरूले बाजा तथा नाच देखाएका थिए । हरेक वर्ष विस्केट जात्रा सुरु हुने अघिल्लो दिन पाँचतले मन्दिरमा मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना गरिँदै आएको छ ।

प्रत्येक वर्ष यही ठाउँमा राखेर काठैकाठबाट बनेको प्यागोडा शैलीको भैरवनाथको रथ डोरीको सहायताले तानेर जात्रा सुरु हुने परम्परा छ । यस बर्षको विस्केट जात्रा चैत्र २७ गते शुक्रबारबाट सुरु हुँदैछ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ५ : ४६ बजे

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका