परराष्ट्र मन्त्रालयको पत्रले एनआरएनए महाधिवेशन स्थगित « Khabarhub

परराष्ट्र मन्त्रालयको पत्रले एनआरएनए महाधिवेशन स्थगित


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए) को ६–८ कात्तिकमा काठमाडौँमा हुने भनिएको १०औं महाधिवेशन तथा विश्व सम्मेलन सर्ने भएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार महाधिवेशनका लागि प्रतिनिधि चयनमा देखिएको विवाद मिलाएर मात्रै महाधिवेशन गर्न निर्देशन दिएपछि आइतबार बसेको एनआरएनएको सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो ।

परराष्ट्र मन्त्रालयले ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि चयन गर्ने विधान स्पष्ट नभएको, विद्यार्थीहरूलाई विधानविपरीत सदस्यता वितरण गरिएको, तोकिएको अवधि समाप्त भएपछि पनि विभिन्न देशमा अधिवेशन गरिएको भन्दै विवादित विषयको निरूपण नभएसम्म महाधिवेशन नगर्न पत्र पठाएको थियो ।

‘गैरआवासीय नेपाली संघको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा छलफल गर्दै उक्त बैठकले मन्त्रालयको सुझाव अनुसार पुर्वनिर्धारित २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय गरेको छ,’ प्रवक्ता डीबी क्षेत्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयको पत्रको सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धितहरूसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय बैठकले गरेको प्रवक्ता क्षेत्रीले जनाएका छन् । उनका अनुसार ६ महिनाभित्र महाधिवेशन हुनेछ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  १० : ५७ बजे

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार