कांग्रेस नेता कोइराला भन्छन्- प्रधानमन्त्री र प्रधानन्याधीशको मिलेमतोले लोकतन्त्र धरापमा पुग्यो « Khabarhub

कांग्रेस नेता कोइराला भन्छन्- प्रधानमन्त्री र प्रधानन्याधीशको मिलेमतोले लोकतन्त्र धरापमा पुग्यो

प्रधानमन्त्रीको अलोकतान्त्रिक हर्कतले पार्टीलाई कमजोर बनाए


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री र प्रधानन्याधीशको मिलेमतोले लोकतन्त्र धरापमा पुगेको आरोप लगाएका छन् ।

गृहजिल्ला मोरङ पुगेका नेता कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवा र सर्वोच्च अदालतका प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराको मिलेमतोका कारण लोकतन्त्र धरापमा परेको आरोप लगाए ।

सुन्दरहरैंचा नगर मोरङको नवनिर्वाचित कार्यसमितिको पदस्थापन एवम् शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले लोकतन्त्रका लागि लडेको पार्टीका सभापतिले शक्ति पृथकीकरणको सिद्धान्त कुल्चनु लोकतन्त्रमाथि गम्भीर प्रहार भएको बताए ।

उनले भने, ‘प्रधानमन्त्री र प्रधानन्यायाधीशको मिलेमत्तोले लोकतन्त्र संकटमा पर्‍यो, लोकतन्त्रका लागि लामो संघर्ष लडेको पार्टी नेपाली कांग्रेसको वर्तमान सभापतिले शक्ति पृथकीकरणको सिद्धान्त कुल्चनुभयो ।’

नेता कोइरालाले प्रधानमन्त्रीको अलोकतान्त्रिक हर्कतले पार्टीलाई कमजोर बनाएको बताए ।

पार्टी सभापति देउवाले पार्टीको विधान च्यातेर धुजाधुजा बनाएको कोइरालाको आरोप छ । देउवाको हैकम र मनोमानी बढेको उनको तर्क थियो । विधान परिवर्तन गरेको, धारा निलम्बन गरेको पनि नेताहरूले फेसबुक हेरेर थाहा पाउनुपर्ने विडम्वना अहिले कांग्रेसमा देखापरेको उनको गुनासो छ ।

लोकतान्त्रिक पार्टी कब्जा गर्न खोजेको भन्दै नेता कोइरालाले पार्टीको इतिहासमै प्रहरीको धेराबन्दीमा पहिलोपटक अधिवेशन भएको उनले बताए । सभापतिकै जिल्लामा सुरक्षाकर्मी लगाएर अधिवेशन गरिनु जति खेदजनक विषय अर्को नभएको कोइरलाको भनाइ छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ७ : ०१ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको