कांग्रेस नेता कोइराला भन्छन्- प्रधानमन्त्री र प्रधानन्याधीशको मिलेमतोले लोकतन्त्र धरापमा पुग्यो « Khabarhub

कांग्रेस नेता कोइराला भन्छन्- प्रधानमन्त्री र प्रधानन्याधीशको मिलेमतोले लोकतन्त्र धरापमा पुग्यो

प्रधानमन्त्रीको अलोकतान्त्रिक हर्कतले पार्टीलाई कमजोर बनाए


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री र प्रधानन्याधीशको मिलेमतोले लोकतन्त्र धरापमा पुगेको आरोप लगाएका छन् ।

गृहजिल्ला मोरङ पुगेका नेता कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवा र सर्वोच्च अदालतका प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराको मिलेमतोका कारण लोकतन्त्र धरापमा परेको आरोप लगाए ।

सुन्दरहरैंचा नगर मोरङको नवनिर्वाचित कार्यसमितिको पदस्थापन एवम् शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले लोकतन्त्रका लागि लडेको पार्टीका सभापतिले शक्ति पृथकीकरणको सिद्धान्त कुल्चनु लोकतन्त्रमाथि गम्भीर प्रहार भएको बताए ।

उनले भने, ‘प्रधानमन्त्री र प्रधानन्यायाधीशको मिलेमत्तोले लोकतन्त्र संकटमा पर्‍यो, लोकतन्त्रका लागि लामो संघर्ष लडेको पार्टी नेपाली कांग्रेसको वर्तमान सभापतिले शक्ति पृथकीकरणको सिद्धान्त कुल्चनुभयो ।’

नेता कोइरालाले प्रधानमन्त्रीको अलोकतान्त्रिक हर्कतले पार्टीलाई कमजोर बनाएको बताए ।

पार्टी सभापति देउवाले पार्टीको विधान च्यातेर धुजाधुजा बनाएको कोइरालाको आरोप छ । देउवाको हैकम र मनोमानी बढेको उनको तर्क थियो । विधान परिवर्तन गरेको, धारा निलम्बन गरेको पनि नेताहरूले फेसबुक हेरेर थाहा पाउनुपर्ने विडम्वना अहिले कांग्रेसमा देखापरेको उनको गुनासो छ ।

लोकतान्त्रिक पार्टी कब्जा गर्न खोजेको भन्दै नेता कोइरालाले पार्टीको इतिहासमै प्रहरीको धेराबन्दीमा पहिलोपटक अधिवेशन भएको उनले बताए । सभापतिकै जिल्लामा सुरक्षाकर्मी लगाएर अधिवेशन गरिनु जति खेदजनक विषय अर्को नभएको कोइरलाको भनाइ छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ७ : ०१ बजे

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम

उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवार बन्ने

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन

फ्ल्यागशिपस्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५