रुपन्देहीमा खटिए ११ सय गणक, सही विवरण दिन मुख्यमन्त्री केसीको आग्रह « Khabarhub

रुपन्देहीमा खटिए ११ सय गणक, सही विवरण दिन मुख्यमन्त्री केसीको आग्रह


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – आज बिहीबारदेखि सुरु हुने राष्ट्रिय जनगणनाका लागि रुपन्देहीमा एक हजार १२१ जना गणकहरु खटिँदै छन् । जनगणनाको सबै तयारी सकिएको र गणक बिहीबारदेखि हरेक घरदैलोमा पुग्ने लुम्बिनी प्रदेश जनगणना कार्यालय रुपन्देही “क” ले जानकारी दिएको छ ।

जनगणना अधिकारी कृष्णराज पाण्डेका अनुसार जिल्लाको ७ स्थानीय तहको गणनाका लागि ५२० जना गणक खटाइएको छ । बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, गैंडहवा गाउँपालिका, कन्चन गाउँपालिका, मायादेवी गाउँपालिका, सियारी गाउँपालिका र शुद्धोधन गाउँपालिकामा ती गणकले जनगणनाको विवरण संकलन गर्नेछन् ।

जिल्ला जनगणना कार्यालय रुपन्देही “ख” ले भने अन्य ९ वटा स्थानीय तहको गणनाका लागि ६०१ जना गणक खटाएको छ । ती गणकलाई सिद्धर्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, रोहिणी गाउँपालिका, ओमसतिया गाउँपालिका, कोटहीमाई गाउँपालिका, सम्मरीमाई गाउँपालिका र मर्चवारी गाउँपालिकामा खटाइएको जनगणना अधिकारी अवधेशकुमार शुक्लाले बताए ।

गणकले स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तरको सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोत, साधन, पहुँच, क्षमता, पूर्वाधार र विपद सम्बन्धी विवरण समेत संकलन गर्नेछन् । जनगणनाकै क्रममा घरपालुवा पशुपंक्षीको विवरण पनि संकलन गरिने जनगणना अधिकारी शुक्लाले बताए ।

जनगणनामा खटिने गणकलाई चार दिनसम्म तालिम प्रदान गरिएको थियो । तालिम लिएपछि उनीहरुलाई आ–आफ्नो कार्यक्षेत्रमा खटाइएको जनगणना अधिकारी कृष्णराज पाण्डेले बताए । `हामीले गणकहरुलाई आवश्यक पर्ने सबै सामग्री दिएर फिल्डमा खटाएका छौं, अब उनीहरुले विवरण संकलन गर्छन्,´ उनले भने । जनगणना १५ दिनभित्र सक्ने लक्ष्य राखिएको छ ।

कार्यालयले गत भदौ ३० गते पहिलो चरणमा घरको सूचीकरण गरेको थियो । असोज १८ सम्म भएको सूचीकरणको काममा १३० जना सुपरिवेक्षक खटिएका थिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जनगणनामा गणकले सोधेका प्रश्नको सही जवाफ दिन प्रदेशबासीलाई अपिल गरेका छन् ।
नागरिकले टिपाएका विवरण तथ्यांक ऐन २०१५ बमोजिम गोप्य रहने भन्दै उनले गोपनियताका विषयमा कुनै द्विविधामा नपरी सही उत्तर दिन आग्रह गरेका हुन् ।

देशले संघीय शासन अंगालेपछिको यो पहिलो जनगणना भएकाले यसको विशेष अर्थ र महत्व रहेको भन्दै मुख्यमन्त्री केसीले अव प्रादेशिक मोडलमा आधारित जनसंख्याको सही विवरण आउने भएकाले यो प्रदेशबासीका लागि पनि खुशीको कुरा भएको बताए ।

जनगणनाबाट आउने तथ्यांकलाई आधार बनाएर सम्बन्धित जाती, धार्मिक समुदाय, महिला वा अपांगता भएका व्यक्तिका लागि प्रदेश सरकारले नीति र कार्यक्रम बनाउने भएकाले यसका लागि सही विवरण उपलव्ध गराउनु नागरिकको कर्तव्य हुने उनले बताएका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ६ : ५५ बजे

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

खण्डहरमा परिणत भृकुटी कागज कारखाना (तस्बिरहरू)

नवलपरासी– कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।