‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’ « Khabarhub

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका विभिन्न पक्षलाई समेटेको बताएकी छन् ।
 
नेकपा (एमाले) जिल्ला कमिटी दोलखाद्वारा आज काठमाडौंमा आयोजित पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले पुस्तकमा आनन्दप्रसाद पोखरेलको राजनीतिक यात्रा, वैचारिक दृष्टिकोण, सङ्घर्ष र नेतृत्वदायी भूमिकाका विभिन्न पक्षलाई समेटिएको उल्लेख गरे । पुस्तकले उनको राजनीतिक जीवन र योगदानलाई बुझ्न महत्त्वपूर्ण सामग्री प्रदान गर्ने विश्वास व्यक्त गरिन् । 

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तित्वको विचार, अनुभव र सङ्घर्षलाई पुस्तकका रूपमा दस्तावेजीकरण गर्नु महत्त्वपूर्ण कार्य भएको बताइन् । 

पुस्तकले राजनीतिक तथा सामाजिक क्षेत्रमा पोखरेलले पुर्‍याएको योगदान, उनका विचार र नेतृत्वका अनुभवलाई भावी पुस्तासम्म पुर्‍याउन सहयोग गर्ने उनको भनाइ थियो ।

पुस्तकका लेखक आनन्दप्रसाद पोखरेलले जीवनमा आफूले भोगेका दुःख, कष्ट, राजनीतिक अनुभवका विषयका आधारमा पुस्तकमा उल्लेख गरिएको जानकारी दिए । 

लोकार्पण समारोहमा एमाले उपमहासचिव योगेश भट्टराई, पार्वत गुरुङ, आनन्द पोखरेल, झलक सुवेदी लगायत लेखक,  साहित्यकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ७ : ४९ बजे

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त