फाल्गुनन्दको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै « Khabarhub

फाल्गुनन्दको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज किराँत धर्मका महागुरु भनेर चिनिएका फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती ।

आज प्रदेश १ का अधिकांश स्थानमा महागुरु फाल्गुनन्दको जन्मजयन्ती धुमधामका साथ मनाइन्छ । देशभर तथा भारतका सिक्किम, दार्जिलिङसम्म विभिन्न कार्यक्रमको आयोजना गरी फाल्गुनन्दको जन्मजयन्ती मनाइँदै छ ।

किरात धर्म मान्नेहरूका लागि सरकारले आज बिदासमेत दिएको छ । समाज सुधारमा उनले पुर्‍याएको योगदानको कदर गर्दै नेपाल सरकारले २०६६ सालमा फाल्गुनन्दलाई १६औँ राष्ट्रिय विभूतिका रूपमा घोषणासमेत गरेको थियो । साथै, सरकारले उनको फोटो अंकित हुलाक टिकटसमेत प्रकाशन गर्दै आएको छ ।

किरात धर्मको प्रवर्तकका रूपमा चिनिएका उनी २५ कात्तिक १९४२ मा इलामको चुक्चिनाम्बा भन्ने ठाउँमा जन्मिएका थिए । उनको न्वारनको नाम भने नरध्वज लिङ्देन हो ।

उनले किरात भाषा, संस्कृति तथा समाज सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । समाज सुधारका निमित्त फाल्गुनन्दले नीति निर्माणका लागि बनाएको सात बुँदे ‘सत्य धर्म मुचुल्का’ २४ वैशाख १९८८ मा पारित भएको थियो ।

समाज सुधारका लागि उनले जारी गरेको सात बुँदे ‘सत्य धर्म मुचुल्का’ आज पनि उत्तिकै सान्दर्भिक रहेको छ । उनको जन्मस्थान चुक्चिनम्बा भए पनि ज्ञानभूमि फुलुङ्गी, कर्मभूमि सिलौती लोब्रे र तीर्थभूमिको रूपमा फक्ताक्लुङलाई लिइन्छ ।

उनले दोस्रो विश्वयुद्धमा भारतीय सिपाही (इण्डियन लाहुरे) बनेर युद्ध लडेका पनि बताइन्छ । युद्धबाट फर्किएर पछि ध्यान, कर्म तथा धार्मिक, सांस्कृतिक सुधारमा लागेका पाइन्छ ।

फाल्गुनन्दको निधन २२ चैत २००५ मा ६६ वर्षको उमेरमा पाँचथरको इम्वुङमा भएको थियो ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ९ : ०० बजे

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्