म्यानमारमा अमेरिकी पत्रकारमाथि राजद्रोह आरोप, जन्मकैद सजाय हुन सक्ने « Khabarhub

म्यानमारमा अमेरिकी पत्रकारमाथि राजद्रोह आरोप, जन्मकैद सजाय हुन सक्ने


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यानमारको जुन्ता सरकारले एक अमेरिकी पत्रकारलाई आतंकवाद र राजद्रोहको आरोप लगाएको छ । आरोप पुष्टि भए उनलाई जन्मकैदको सजाय हुने जनाइएको छ ।

फ्रन्टायर म्यानमारका प्रबन्ध सम्पादक डानी फेन्सटरलाई सरकारले राजद्रोहको आरोप लगाएको हो । ३७ वर्षीय फेन्सटर मे महिनामा यांगुन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनीमाथि लगाइएको मुद्दाको सुनुवाई अदालतमा १६ नोभेम्बरदेखि सुरु हुनेछ ।

उनीमाथि यसअघि नै सेनाबिरुद्ध विद्रोह गर्न सर्वसाधारणलाई उत्प्रेरित गरेको, गैरकानुनी संगठन खोलेको र आप्रावासीसम्बन्धी कानुन उल्लंघन गरेको आरोप लागेको थियो ।

तर, उनीमाथि लगाइएका नयाँ आरोप गम्भीर प्रकृतिका भएको र उनी दोषी ठहर भए जन्मकैदको फैसला हुने जनाइएको छ । फेन्सटरका वकिल थान जाउ आङका अनुसार फ्रन्टायर पछिल्लो समयमा शारीरिक रुपमा कमजोर हुनुका साथै निकै दुब्लाएका छन् ।

यसै वर्षको सुरुमा सेनाले सत्ता हातमा लिएपछि भएको रक्तपातपूर्ण प्रदर्शनहरुमा हजारौं मानिसलाई पक्राउ गरी जेल हालिएको थियो । प्रदर्शनमा कम्तिमा एक हजार १७८ जना मारिएका थिए भने सात हजार ३५५ जना पक्राउ परेका थिए ।

फेब्रुवरीमा सेनाको कुपछि दर्जनौं पत्रकार पक्राउ परेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ९ : ३५ बजे

अख्तियारमा स्थानीय तहका उजुरी अत्यधिक

बाँके– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा

मेयर कप राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको टोली घोषणा

बैतडी– मेयर कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली

कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई

दार्चुला– दार्चुला सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली सेनाले

एक फर्मलाई जरिवाना, पाँचवटालाई सुधारात्मक निर्देशन

काठमाडौं– नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा