मेयर कप राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको टोली घोषणा « Khabarhub

मेयर कप राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको टोली घोषणा


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बैतडी– मेयर कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टका अनुसार किरनकुमार ठगुन्नाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो ।

टोलीका अन्य सदस्यहरूमा गजेन्द्र बोहरा, किरन धामी, रोशन साउद, आयुश द्वारिया, लोकेन्द्र चन्द, मिलन बोहरा, आशिष तिरुवा, सौर्य श्रेष्ठ, सुशील रावल, टेक रावत, कैलाश ऐर, लोकेन्द्र ऐर र दीपक टमटा रहेका छन् ।

उक्त टोलीले गैँडाकोट नगरपालिका, नवलपरासीको प्रवर्द्धन, नव जागरण ग्रामीण विकास केन्द्रको आयोजना तथा नवलपुर जिल्ला क्रिकेट सङ्घको सह–आयोजनामा हुन लागेको पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय  क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने छ ।

प्रतियोगिताको विजेताले तीन लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछ । 

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ७ : ०५ बजे

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा