मनाङमा स्याउ टिप्न चटारो « Khabarhub

मनाङमा स्याउ टिप्न चटारो


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – मनाङमा स्याउ टिप्ने चटारो छ। ङिस्याङ-१ भ्राताङको स्याउ बगैँचामा स्याउ टिप्नेको भिड लागेको हो । एग्रो मनाङको उक्त स्याउ फार्ममा मात्रै दैनिक ३०/४० जना कामदार स्याउ टिप्न खटिएका छन् ।

‘हाइ डेन्सिटी’ प्रविधिको उक्त फार्मको ७ सय ३५ रोपनीमा स्याउ फलेको छ। बगैँचामा ‘गाला’, फुजी र गोल्डेन जातका स्याउ पाकेसँगै कृषकको चटारो बढेको हो ।

कामदार बगैँचाका स्याउ टिप्न व्यस्त छन् । एग्रो मनाङ प्रालिका अध्यक्ष समराज गुरुङका अनुसार बगैँचामा स्याउ पाकेसँगै टिप्न थालिएको छ। फार्ममा अघिल्लो वर्ष ४ सय ५० टन स्याउ फलेको थियो। यस वर्ष बढ्ने अनुमान गरिएको छ।

मनाङ ङिस्याङको भ्राताङमा मात्रै होइन, चामे गाउँपालिका र नासों गाउँपालिकाका किसान पनि स्याउ टिप्न व्यस्त छन्। दुई दशकयता स्याउ खेती गर्दै आएका उनले सडकको पहुँच विस्तारसँगै पछिल्ला वर्ष स्याउ कृषकको संख्या बढ्न थालेको बताए।

मनाङबाट निर्वाचित संघीय सांसद एवं एग्रो मनाङका संस्थापक पोल्देन छोपाङ गुरुङले मनाङबाट नेपालमा स्याउखेतीमा एउटा क्रान्तिको सुरु भएको बताए । अहिले मनाङबाट काठमाडौं, पोखरा मात्रै नभएर तराईसम्म सडक पहुँच पुगेको छ। यसले गर्दा मनाङको स्याउले बजार पाउन थालेको छ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ९ : ५६ बजे

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर

गगनको आग्रह : विधानमा चलेका छौँ, कारबाहीको निर्णयले विचलित नबनौँ

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनले पदाधिकारीलाई कारबाही गर्ने पार्टी केन्द्रीय

कांग्रेसका दुवै पक्ष पुगे निर्वाचन आयोगमा

काठमाडौं- फेरि एक पटक फुटको शिकार हुँदै गरेको नेपाली कांग्रेसका

ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा

एजेन्सी – ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने

बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू)

काठमाडौं– माघे संक्रान्ति पर्वको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी