राष्ट्रपति कार्यालयबाट थालियो राष्ट्रिय जनगणना « Khabarhub

राष्ट्रपति कार्यालयबाट थालियो राष्ट्रिय जनगणना


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलाको मुख्य गणनाकार्य आज (विहीबार) बाट सुरु भएको छ ।

बिहान राष्ट्रपति विद्यादेवी भण्डारीको परिवारको गणना गरी जनगणनाको प्रारम्भ गरिएको हो । राष्ट्रपतिको जनगणना गर्न तथ्यांक विभागका गणकहरु शीतलनिवासमा पुगेका थिए । गणकहरुले सोधेका प्रश्नको राष्ट्रपति स्वयम्ले जवाफ दिएकी थिइन् ।

विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठसहित गणकको टोलीले शीतलनिवास पुगेर गणना गरेका हुन् । अब उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरेर जनगणना गरिँदैछ ।

हरेक १० वर्षमा सञ्चालन गरिने जनगणना यसपटक आगामी मङ्सिर ९ गतेसम्म जारी रहने केन्द्रीय तथ्याङ्क विभागले जानकारी दिएको छ ।

जनगणना सञ्चालन गर्न सात प्रदेशमा जनगणना कार्यालयसहित ७७ जिल्ला जनगणना कार्यालय र त्यसअन्तर्गत ३४९ स्थानीय जनगणना कार्यालय स्थापना भएका छन् ।

जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणले छुटेकासमेत सबै परिवारमा गणक पुगी १५ दिनभित्र सबै व्यक्तिको विस्तृत विवरण सङ्कलन गर्न करिब ४० हजार गणक र आठ हजार ५०० सुपरीवेक्षक परिचालन गरिएको विभागले जनाएको छ ।

जनगणना सफल बनाउन केन्द्रदेखि वडा तहसम्म विभिन्न जनगणना समन्वय तथा सहजीकरण समिति गठन गरिएको विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए ।

जनगणनाको फाराममा ८० वटा प्रश्नावली रहेका छन् । एक परिवारलाई प्रश्नावली भर्नाका लागि औसतमा २० मिनेट लाग्ने बताइएको छ । यस क्रममा देशभरका छ हजार ७४३ वडाबाट आधारभूत आर्थिक, सामाजिक, सेवा, सुविधा, पूर्वाधार र विपद् अवस्थाको समेत जानकारी सङ्कलन गरी सामुदायिक प्रश्नावली भरिने र यसबाट सम्पूर्ण वडाको वास्तविक जानकारी पाउन सकिने महानिर्देशक श्रेष्ठले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ११ : ११ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति