विराट–अनुष्काको छोरीलाई धम्क्याउने पक्राउ « Khabarhub

विराट–अनुष्काको छोरीलाई धम्क्याउने पक्राउ


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउड अभिनेत्री अनुष्का शर्मा र उनका क्रिकेटर पति विराट कोहलीकी छोरी वामिकालाई सामाजिक सञ्जालबाट बलात्कारको धम्की दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

मुम्बई प्रहरीले संगारेड्डीमा बस्ने २३ वर्षे सफ्टवेयर इञ्जिनियर रामनागेश अकुबाथिनीलाई बुधबार पक्राउ गरेको हो । पक्राउ पछि उनलाई मुम्बई ल्याइएको छ ।

प्रहरीका अनुसार ती व्यक्तिले विराट र अनुष्काको १० महिने छोरी र अभिनेत्री अनुष्कालाई निशाना बनाएका थिए । यही विषयमा दिल्ली महिला आयोगले अनुसन्धानको माग गरेको थियो । दिल्ली प्रहरीले पनि एक सूचना जारी गर्दै विस्तृत कारवाहीको रिपोर्ट मागेको थियो ।

भारतले पाकिस्तानसँग जारी टी–२० विश्वकप क्रिकेटमा पराजय भोगेपछि ती व्यक्तिले विराट र अनुष्काको छोरीलाई बलात्कार गर्ने धम्की दिएका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ११ : २४ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा