बसले ठक्कर दिँदा भारतीय मोटरसाइकलमा सवार दुईको मृत्यु « Khabarhub

बसले ठक्कर दिँदा भारतीय मोटरसाइकलमा सवार दुईको मृत्यु


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बरमझियामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको ग१ख ९६४२ नम्बरको बसले आज बिहान विपरीत दिशाबाट गुडिरहेको बीआर३६आर ८१७३ नम्बरको भारतीय मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार भारतको विहार राज्यअन्तर्गत सुपौल जिल्ला बलुवा–३ बस्ने राजुकुमार तिवारीको मृत्यु भएको हो।

ठक्करबाट सख्त घाइते उनलाई उपचारका लागि विराराटनगरतर्फ लाग्ने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै मोटरसाइकलमा सवार अर्का नाम थर वतन खुल्न नसकेको अन्दाजी ३०-३१ वर्षका पुरुषको पनि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै पैदलयात्रीलाई समेत ठक्कर दिँदा पैदलयात्री सप्तरी कञ्चनरुप नगरपालिका–१ बरमझिया बस्ने १९ वर्षका रोहनप्रसाद गुप्ताको दाहिने खुट्टा भाँचिएकाले स्थानीय धर्मेश्वर अस्पतालमा उपचार गरी थप उपचरका लागि विराटनगरतर्फ लगिएको प्रहरीले जनाएको छ । उक्त बस र मोटरसाइकललाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ११ : ४० बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित