एमालेको नेतृत्व सहमतिमै चयन हुन्छ : सचिव ज्ञावली « Khabarhub

एमालेको नेतृत्व सहमतिमै चयन हुन्छ : सचिव ज्ञावली


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञावलीले एमालेको १०औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताएका छन् ।

आज चितवनमा पत्रकारसँग कुरा गर्दै उनले अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत गरिने बताएका हुन् । सचिव ज्ञावलीले भने, ‘अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत हुन्छ । केन्द्रीय सदस्यमा धेरै साथीहरू आकाङ्क्षी भएकाले मतदान हुन्छ ।’ केन्द्रीय सदस्य र अन्य कुनै एक-दुई पदबाहेक अन्य पद सर्वसम्मतमै टुङ्गिने उनको भनाइ थियो ।

महाधिवेशनका लागि तयारी तीव्र पारिएकाले आज केन्द्रीय पदाधिकारी महाधिवेशन उद्घाटनस्थल र बन्द सत्रस्थलसमेत अनुगमन गर्न आएको सचिव ज्ञवालीले जानकारी दिए । महाधिवेशनका लागि प्रतिनिधि छनोटको काम कात्तिक २७ गते हुने उल्लेख गर्दै उनले भने, ‘२७ गते देशभरि र प्रवासमा समेत प्रतिनिधि छनोट गरिने छ ।’ महाधिवेशनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाहुनालाई निम्ता गर्ने काम सकिएको सचिव ज्ञवालीले बताए।

पार्टीभित्र अहिले देखिएका केही समस्या समाधान गरेर अघि बढ्ने चर्चा गर्दै उनले भने, ‘पालिका र जिल्लामा त्यस्तो समस्या छैन । केही साथीको कार्यविभाजनमा असन्तुष्टि रहेको छ । यो समाधान हुँदै जान्छ ।’ पार्टी आज एकताको मनोविज्ञान र १० बुँदे पछि जोडिएका साथीहरूको मनोविज्ञानका आधारमा अघि बढ्ने जानकारी दिँदै उनले बताए ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ११ : ४९ बजे

अख्तियारमा स्थानीय तहका उजुरी अत्यधिक

बाँके– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा

मेयर कप राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको टोली घोषणा

बैतडी– मेयर कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली

कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई

दार्चुला– दार्चुला सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली सेनाले

एक फर्मलाई जरिवाना, पाँचवटालाई सुधारात्मक निर्देशन

काठमाडौं– नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा